२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार



अ+ अ-

बरहथवा (सर्लाही) : अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते हुनुभएको छ ।

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आज अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो । इलाका प्रहरी कार्यालय कर्मैयाक प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीका अनुसार गोली बोम्जनको गालामा लागेको हो ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा टोली घट्नास्थलमा पुगेको थियो । घाइते प्रधानाध्यापक बोम्जनको बागमतीस्थित बागमती मोडल अस्पतालमा सामान्य उपचार गरिएको थियो । उहाँलाई थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ ।

प्रधानाध्यापक बोम्जन रौतहटको गैयाटारस्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना४०प ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए । उहाँ मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुनुहुन्छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । रासस




भर्खरै