२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता



अ+ अ-

एजेन्सी । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २०० जना बङ्लादेशीहरू अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार बताउनु भएको छ ।

गत अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहमा भएको प्रदर्शन पछि हसिना हेलिकप्टर मार्फत छिमेकी देश भारत भाग्नु भएको थियो ।

हसिना सरकारमाथि मानव अधिकार हननको आरोप तथा सयौंको गैरकानुनी अपहरण र बेपत्ता भएको आरोप लगाइएको थियो ।

हाल कार्यवाहक सरकारले गठन गरेको अनुसन्धान आयोगले हसिनाको निष्कासनपछि पाँच जनालाई गोप्य हिरासत केन्द्रबाट रिहा गरिएको तर अझै धेरैको विवरण नआएको जनाएको छ ।

आयोगका अध्यक्ष मोइनुल इस्लाम चौधरीले सरकार र न्यायपालिकामा संस्थागत विच्छेदले पनि हसिनाको नेतृत्वमा दण्डहीनताको वातावरण फस्टाएको बताउनु भएको छ ।

उनीहरूले कानून प्रवर्तन एजेन्सीलाई सार्वजनिक हितमा नभइ आफ्नै एजेन्डा र राजनीतिक हितका लागि प्रयोग गरेको बताउनु भएको छ ।

आयोग नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारका लोकतान्त्रिक सुधारहरू कार्यान्वयन गर्ने प्रयासको हिस्साको रूपमा स्थापना गरेको थियो ।