काठमाडौं । बालुवाटारमा सत्तारुढ दलहरूको बैठक भईरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।