१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत



अ+ अ-

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीले हालैको बाढीपहिरो र डुबान पीडितलाई राहत सामाग्री पठाएको छ ।

राहत सामाग्री काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेला जुटाएर हस्तान्तरण गर्न लागिएको हो ।

यसैबीच चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा बाढीपहिरोले हालै पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सान्त्वना सन्देश दिनुभएको छ ।

उहाँले समकक्षी तथा परराष्ट्रमन्त्री डा. आरजू राणालाई पठाउनुभएको सन्देशमा छिमेकी चीन दुःखको बेला नेपालको आवश्यकताबमोजिम प्रकोप पीडितहरुको उद्धारका लागि तयार रहेको बताउनुभएको छ।

यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरुको सहयोगार्थ नेपाल सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त रकम बराबरको चेक बुधबार गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको थियो ।