• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   रविले बाहिरै बसेर सहकारी ठगी गरेको पुष्टि भयो, क्लिन चिट भन्नेहरु छट्टु हुन्: गगन थापा ★   निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु ★   नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? ★   यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने ★   पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान ★   संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… ★   कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत ★   चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन ★   सर्लाहीमा शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’

साथीलाई ढुङ्गाले हानेर हत्या गरेको अभियोगमा ६५ वर्षीय वृद्ध पक्राउ



त्रिशूली । साथीको हत्या अभियोगमा नुवाकोटको विदुर नगरपालिका–७ का ६५ वर्षीय लालबहादुर तामाङलाई आज प्रहरीले पक्राउ गरेको छ ।

म्यागङ गाउँपालिका–३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार छिमेकीको घेवा (किरिया)बाट फर्कने क्रममा भएको सामान्य विवादमा लालबहादुरले प्रहार गरेको ढुङ्गा लागेर चमार तामाङको घटनास्थलमा मृत्यु भएको थियो ।

घटनाको सम्बन्धमा स्थलगत मुचुल्का, अभियुक्तबाट घटनामा संलग्न रहेको स्वीकार सहितको प्रमाणका आधारमा लालबहादुरलाई पक्राउ गरी कारबाहीका लागि अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।