५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार बुँदे सहमति गर्दै तोडियो आमरण अनशन



अ+ अ-

धनुषाधाम । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणको माग गर्दै चार दिनदेखि आमरण अनशनरत युवालाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशन तोडाउनुभएको छ । उहाँले अनशनकारीसँग वार्ताबाट चार बुँदै सहमति गर्दै जुस खुवाएर अनशन तोडाउनुभएको हो ।

हुलाकी सडकमा नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक प्रविणकुमार यादव र मधेस प्रदेश सरकारका मुख्यमन्त्रीबीच कमला नदीमा नयाँ पुल निर्माण तत्काल सुरु गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । नयाँ पुल निर्माणका लागि आव २०८२र०८३ को वार्षिक बजेट सङ्घ सरकारबाट राख्न पहल नगरेमा सम्पूर्ण बजेट मधेस प्रदेश सरकारले व्यहोर्ने, २०८१ मङ्सिर १ गतेभित्रमा पुल निर्माणको डिपिआर तयारीका लागि बोलपत्र आह्वान गर्ने सहमति भएको छ ।

नयाँ कमला पुल निर्माण सङ्घर्ष समिति सिरहा र धनुषाको सङ्घर्षका सम्पूर्ण कार्यक्रम आजकै मितिबाट स्थगित गरिने पनि सहमतिपत्रमा उल्लेख छ ।

गत भदौ ४ गतेदेखि सङ्घर्ष समितिको संयोजक यादवको नेतृत्वमा १० जना आमरण अनशनमा बसेका थिए । अनशनमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका–६ का अध्यक्ष इन्द्रजीत यादव, ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका–४ का वडाअध्यक्ष सुरेन्द्रकुमार यादव, स्थानीय युवा मनिषकुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका–८ का सदस्य ईन्जिनियर रुपेश यादव र ईन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादव बसेका थिए ।

सङ्घीयता पश्चात हाम्रो अभिभावकत्व प्रदेश सरकारले स्वीकार्नुपर्छ भन्दै उनीहरु जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको गेट अगाडि टेन्ट बनाएर अनशनमा बसेका थिए ।