२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरशद वारसीले प्रभासलाई जोकर भनेपछि…



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता अरशद वारसीले हालै सम्दिश भाटियालाई दिएको अन्तर्वार्तामा साउथ अभिनेता प्रभासलाई जोकर भनेका थिए ।

उनलाई सोधिएको थियो कि उनले हेरेको पछिल्लो खराब फिल्म के थियो । यसमा अभिनेताले प्रभासको फिल्म ‘कल्की’को नाम लिएर प्रभास उक्त फिल्ममा जोकर जस्तो देखिने बताए ।

अरशदको बयानपछि उनलाई सामाजिक सञ्जालमा चर्को ट्रोल भइरहेको छ भने अहिले साउथ अभिनेता सुधीर बाबुले पनि यसबारे आक्रोशित प्रतिक्रिया दिएका छन् ।

भी र बागी जस्ता फिल्ममा काम गरिसकेका अभिनेता तथा महेश बाबुका सालो सुधीर बाबुले हालै सामाजिक सञ्जाल प्लेटफर्म नेवर ओकेमा अरशद वारसीको बयानप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

‘अरशद वारसीबाट यस्तो व्यावसायिकताको कमी अपेक्षा गरिएको थिएन । प्रभासको कद त्यस्ता साना दिमागका मानिसहरूबाट आउने कमेन्टभन्दा धेरै ठूलो छ ।’ उनले भनेका छन् ।

के थियो अरशद वारसीको बयान ?
सम्दिश भाटियाले अरशद वारसीलाई आफूले हेरेको पछिल्लो खराब फिल्म कुन हो भनेर सोधेका थिए । त्यसमा उनले कल्कीको नाम लिएर भने, ‘जब मैले ‘कल्की’ देखेँ, मन परेन । मलाई धेरै दुख लाग्छ तर अमित जी, त्यो मान्छेले बुझेनन् । म कसम खान्छु, उनीसँग जति शक्ति पाएँ भने जीवन राम्रो हुनेछ । उनी अद्भुत, अविश्वसनीय छन् । प्रभासलाई देखेर मलाई साँच्चै दुःख लाग्यो । त्यो फिल्ममा उनी किन थिए, मलाई माफ गर्नुहोस् तर उनी जोकर जस्तो देखिन्थे । म ‘म्याड म्याक्स’ (हलिउड फिल्म) हेर्न चाहन्छु । म त्यहाँ मेल गिब्सन (हलिउड अभिनेता) हेर्न चाहन्छु । तिमीले उसलाई के गर्यौ साथी ? तिमी किन यस्तो गर्छौ मैले बुझिनँ ।’

 




भर्खरै