१९ माघ २०८१, शनिबार
,
Latest
बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर  खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ । 

सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले शुक्रबार बसेको पार्टी पदाधिकारी बैठकले ७७ वटै जिल्लामा एकैसाथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले सरकारले अधिनायकवादी प्रवृति देखाइराखेको र देशमा दमन र बेथितिको अवस्था रहेको बताउनुभयो । त्यसबाहेक कोभिड १९ अव्यवस्थापनमा चरम सीमा नाघेको र भ्रस्टाचारलाई संरक्षण गरेकोले त्यसको विरोधमा प्रदर्शन गर्न लागिएको बताउनुभयो ।

यस्तै संसदको तत्काल बैठक बोलाउन समेत माग गरिएको सहमहामन्त्री महतले बताउनुभयो । सरकारले लोकतान्त्रिक संस्थाहरुलाई कमजोर पार्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । कोभिडको अव्यवस्थापन, भ्रष्टाचार, दमनकारी प्रवृति लगायतका विषमा तत्काल छलफल गर्न आवश्यक रहेकाले पनि संसद बैठक माग गरिएको स्पष्ट पार्नुभयो ।