२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीद्वारा आफ्ना १० खुशी शहरहरू घोषणा



अ+ अ-

एजेन्सी । टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटले सोमवार टर्कीका शहरहरूको लागि आफ्नो खुशीको ¥याकिङ जारी गरेको छ ।

कालो सागर क्षेत्रमा रहेको देशका ८१ प्रमुख शहरहरूमध्ये सिनोप ७७.६६ प्रतिशतमा शिर्ष स्थानमा छ । टर्किस स्ट्याटिस्टिकलका अनुसार ७६.४३ प्रतिशतको खुशी दरका साथ सिनोपलाई पश्चिमी एजियन क्षेत्रको अफ्योन्काराहिसरले पछ्याएको छ ।

पूर्वी एनाटोलिया शहर बेबर्ट ७५.९१ प्रतिशतका साथ तेस्रो स्थानमा छ भने मध्य एनाटोलियाको किरिक्कले ७५.४८ प्रतिशतको खुशी दरका साथ चौथो स्थानमा छ । एजियन क्षेत्रको कुटाह्या सहरको खुशी दर ७३.७६ प्रतिशत रहेको छ भने मध्य एनाटोलियाको कानकिरीमा ७३.५ प्रतिशत रहेको छ ।

ब्ल्याक सी शहर डुज्सेले ७२.७७ प्रतिशत खुशीको दर देखाएको छ भने एजियन क्षेत्रमा रहेको उसाकले ७२.३४ प्रतिशतको साथ पछ्याएको छ । दक्षिणपूर्वी एनाटोलियामा रहेको सिर्टले ७१.६५ प्रतिशतको खुशी दरको रिपोर्ट गरेको छ भने दक्षिणपूर्वमा रहेको सिरनाकमा ७१.३६ प्रतिशत रहेको छ ।