३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुको थामेमा मोबाइल सेवा पुन:सञ्चालन



अ+ अ-

काठमाडौँ । सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुन:सञ्चालनमा आएको छ । नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गत साउन ३२ गते हिमताल फुटेर आएको बाढीले उक्त क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएकामा हाल सञ्चालनमा आइसकेको जनाएको हो ।

बाढीले खुम्बु बिजुली कम्पनीमा समस्या आएकाले विद्युत् सेवा अवरुद्ध भएपछि उक्त क्षेत्रलगायत नाम्चे, खुमजुङ्ग, पानी ट्याङ्कीका (बिटीएस) टावरहरु बन्द भएकोे थियो । टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन सेवा पुन:सञ्चालन गरिएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुको खुम्बु पासाङल्हामु–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो । हिमताल फुटेर थामे खोलामा आएको बाढीले पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्‍याएको छ । बाढीले विद्युत्को पावर हाउसमा क्षति पुर्‍याएपछि सो गाउँमा विद्युत् टेलिफोन लगायतका सेवा अवरुद्ध थियो । बाढीको कारण खुम्बु बिजुली कम्पनीको हेडवर्कसमा क्षती पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा खुम्बु पासाङल्हामु–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सुचारु गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।

टेलिकमका अनुसार स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेलमा तत्काल फोन गरी वैकल्पिक ऊर्जामार्फत सेवा सुचारु गर्न निर्देशन दिनुभएको थियो । रासस