४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा विरोध प्रदर्शनका क्रममा आगो लगाइएको ‘सेतु भवन’ निर्जन अवस्थामा



अ+ अ-

एजेन्सी । बङ्गलादेशको सडक यातायात तथा पुल व्यवस्था मन्त्रालयका अधिकारीहरूले देशमा हालै विद्यार्थी नेतृत्वमा भएको विरोध प्रदर्शनको क्रममा गम्भीर क्षति बेहोरेको सेतु भवनमा प्रवेश गर्न डराएको बताएका छन् ।

विरोध प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले मन्त्रालयको भवनमा आगो लगाएर सरकारी सम्पत्ति र यसको परिसरभित्र पार्क गरिएका सवारी साधनहरू तोडफोड गरेका थिए ।

आगलागीमा मन्त्रालयको प्रयोजनमा रहेको अनुमानित ६५ करोड मूल्यका सवारी साधनहरू जलाइएको अधिकारीहरुले बताएका छन् ।

यस घटनाले सेतु भवन भवनलाई जलेको र निर्जन संरचना बनाएको छ । भवनको क्षतिग्रस्त अवस्थाका कारण भवनभित्र प्रवेश गर्न डराएको र अस्थायी रुपमा बाहिरैबाट आफ्नो कर्तव्य पालन गरिरहेको मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

सरकारको आरक्षण प्रणालीको विरोधमा सुरु भएको प्रदर्शन ठुलो आन्दोलनमा परिणत भएको थियो जसले राजधानीमा रहेको सरकारी संस्थाहरूको सुरक्षा र स्थिरताको बारेमा गम्भीर चिन्ता खडा गर्यो ।

बङ्गलादेशको प्रमुख पत्रिका प्रोथोमआलोले “जुलाई १८ मा सयौँ उग्रवादिहरुले सेतु भवनमा आक्रमण गरी नराम्ररी तोडफोड गरेर आगो लगाएका छन् र भवनबाट सरकारी सम्पत्ति लुटेका छन्” भनी जुलाई २७ मा जानकारी गराएको थियो ।

प्रदर्शनकारीले सवारीसाधनहरू तोडफोड गरी आगो लगाएको र कर्मचारीलाई समेत कुटपिट गरेको दैनिक पत्रिका प्रोथोमआलोले जनाएको थियो ।

उग्र विरोध प्रदर्शनको फलस्वरुप प्रधानमन्त्री शेख हरसिनाले पदबाट राजीनामा दिनुभएको हो । हाल नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा बङ्गलादेशको अन्तरिम सरकारले बिहीबार शपथ लिएको छ ।