१९ माघ २०८१, शनिबार
,
Latest
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेश खारेज गर्न सर्वाेच्चमा रिट, राष्ट्रपतिसँग संसद बैठक माग !



अ+ अ-

काठमाडौ । संवैधानिक परिषदसम्बन्धी अध्यादेशको बिवाद शितल निवासदेखी सर्वोच्च अदालतसम्म पुगेको छ । अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेशले राज्यका निकायहरूको सन्तुलन विगारेको तथा संविधानमाथि नै जालसाझी गरेको दाबी गर्दे सर्बोच्च अदालतमा रिट दर्ता गर्नुभएको छ । 

अध्यादेशले ‘संविधानको आधारभूत संरचना, संविधानवादका आधारभूत मूल्यमान्यता, संवैधानिक नियन्त्रण र सन्तुलन, संवैधानिक सुशासन, निष्पक्षता, पारदर्शिता, जवाफदेहीता जस्ता व्यवस्थालाई निस्तेज पारेको भन्दै अर्यालले सर्बोच्च अदालतमा रिट दर्ता गराउनु भएको हो ।  रिटमा अर्यालले  संविधानका आधारभूत संरचना भत्काउने गरी अवैद्य बाटोबाट गरिएको संविधानको संशोधन हो’ भन्दै अध्यादेश खारेज गर्न माग गर्नुभएको छ । 

उता संसदको विशेष अधिवेशन माग गर्दै सत्तारुढ दल  नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास गएका छन् । नेकपाका सासदहरु डा. भीम रावल, पम्फा भुसाल  सहितका सांसदहरु विशेष अधिवेशन आह्वान गर्नुपर्ने पत्र लिएर राष्ट्रपति कार्यलय पुगेपनि कार्यलयका सचिब डा हरि पौडेलसंग सम्पर्क नभएपछि स्थायी समितको बैठकका भाग लिन धुम्बराही पुगेका छन् । सांसदहरुले लगेको पत्र राष्ट्रपति कार्यलयले दर्ता गरेको छैन ।