१९ माघ २०८१, शनिबार
,
Latest
एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ कांग्रेस भूमिहीन बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत पर्यटन अर्थतन्त्रलाई बलियो बनाउने प्रमुख आधार होः मुख्यमन्त्री आचार्य पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय हमासले थप ३ इजरायली बन्धक रिहा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सनातन हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि राप्रपाले देशभर प्रदर्शन गर्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दुराष्ट्र र राजसंस्थाका लागि १२ पुसमा ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाउने भएको छ ।

‘भ्रष्टाचार, धर्मपरिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकारको असफलता एवं उदासीनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको निमित्त पहिलो चरणमा देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ ।’ राप्रपा नेता मोहन श्रेष्ठले बताए । 

नेता श्रेष्ठका अनुसार राप्रपाले पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला सहरहरूमा मोटरसाइकल र्‍याली गर्नेछ भने १५ देखि २५ पुसभित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने भएको छ । अध्यक्ष कमल थापाले बोलाएको पार्टी केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यो निर्णय गरेको हो ।