२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन संशोधन हुन्छ: सांसद महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

सांसद महतले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गर्नुभयो । उहाँले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरु रहेको उल्लेख गर्दै समावेशितालाई कटौति गर्ने नभइ हरेक वर्ग, समूहका व्यक्तिलाई  प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भइ आउने व्यवस्था गर्ने बताउनु भयो । उहाँले वर्तमान संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने बताउनु भयो । उहाँले नेकपा एमाले र काँग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताउनु भयो । उहाँले परिस्थितिका कारण दुई ठूला पार्टी एक ठाउँमा हुन परेको बताउनु भयो । समाजवाद, लोकतन्त्र, कानूनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताउनु भयो । उहाँले पार्टी र व्यक्ति भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले एमालेसँग मिलेर हाम्रो सरकार बनेको छ । हामी प्रतिष्पर्धी पार्टी पनि हौँ । त्यसअर्थमा हाम्रो सम्बन्ध जटिल पनि छ । सहकार्य जटिल पनि छ । तर परिस्थितिले यो आवश्यक बनिरहेको छ । परिस्थितिले त्यहाँ हामीलाई उभ्याइरहेको छ । त्यसैले जब हामी संविधानको कुरा गर्दैछौँ । समाजवादको कुरा गर्दैछौँ, लोकतन्त्रको कुरा गर्दैछौँ, यो कानूनी शासनको हरेक मुद्दामा नेपाली काँग्रेसले अक्षरश: कसरी सरकारमा बसेर त्यसको सुनिश्चित गर्ने, सुशासन कसरी सुनिश्चित गर्ने, कसरी पार्टी र व्यक्ति भन्दा माथि उठेर हामीले देश र जनताप्रति समर्पित भएर काम गर्ने, यो कुरामा सहयात्री दललाई पनि हाम्रो यो काममा एक ठाउँमा हुनुपर्छ । सात बुँदेमा पनि देखिएको छ । पार्टी र व्यक्तिगत कुराबाट माथि उठ्नु धेरै ठूलो चुनौति छ । तर आवश्यकता हो ।’

‘त्यसको बीचमा काम गरिरहेका छौँ । संविधान संशोधनको कुरा उठिरहेको छ । त्यो पनि एउटा भाष्य के सिर्जना गर्न खोजिरहेको छ भने संविधान संशोधन भनेपछि प्राप्त भएको अधिकार खोस्न थाले यिनीहरु मिलेर भन्ने छ । त्यो हुँदै होइन । हामी अधिकारलाई घनिभुत गर्न चाहन्छौँ । समावेशितालाई हामी कम्परमाइज गर्दैनौँ । तर समावेशिता सुनिश्चित गर्ने अझ बेटर उपायहरु छन् । अझ राम्रो तरिकाहरु छन् । त्यो राम्रो तरिका हामीले अपनाउने हो । त्यसमा हामीले समावेशितालाई कटौति गर्ने होइन । तर कहाँनेर हाम्रो अझ भाइब्रेण्ट सहभागिता हरेक वर्ग, समूहको प्रत्यक्ष रुपमा जनतामा गएर निर्वाचित भएर आएर यो मेरो क्षेत्र हो, यहाँबाट म प्रतिनिधित्व गर्दछु भनेर आउनलाई सुनिश्चित गर्ने तरिकाहरु छन् । महिलाहरुको एक तिहाई सुनिश्चितता गर्न त्यसरी पनि सकिन्छ । दलितको जनसंख्याअनुसार त्यसरी सुनिश्चित गर्न सकिन्छ । अरु वर्गको पनि त्यसरी सहभागिता सुनिश्चित गर्न सकिन्छ । वर्तमान संविधानको मुल मर्म र भावनालाई नखुम्च्याइकन, कमजोर नगरीकन संशोधन र सुधार गर्नसक्छौँ ।’

सांसद महतले आर्थिक उन्नति, रोजगारी देशमै सिर्जना गर्ने वातावरण वर्तमान सरकारले निर्माण गर्ने दाबी गर्नुभयो ।




भर्खरै