४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल एरिका ऐतिहासिक स्वर्णनजिक क्यानडा पठाइदिने भन्दै रु १८ लाख बढी ठगी गर्ने पक्राउ मदन भण्डारी रूपान्तरण पुरस्कार रामकृष्ण दुवाललाई नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान प्रधानसेनापतिसँग नेपालका लागि भारतीय राजदूतको शिष्टाचार भेट हठ त्याग्नुस, संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल भैसक्यो:- कमल थापा युक्रेनमा सुरक्षा चिन्ताका कारण टेलिग्राम प्रयोगमा प्रतिबन्ध चीनद्वारा सफलतापूर्वक छ नयाँ उपग्रह प्रक्षेपण
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा गम्भीर मोडमा पुगेपनि पार्टी विभाजन हुँदैन : सञ्चारमन्त्री गुरुङ



अ+ अ-

दोलखा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताउनुभएको छ । नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज बिहान चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताउनुभएको हो ।

“पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनौँ”, मन्त्री गुरुङले भन्नुभयो, “मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिनुहुन्न भन्ने विश्वास छ ।”  उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पार्नुभयो । बुधबार निधन भएका पार्टीका नेता लामा इमान्दार व्यक्ति भएको स्मरण गर्दै मन्त्री गुरुङले उहाँको इमान्दारिताबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।

यसैबीच सञ्चारमन्त्री गुरुङले आज बिहान भीमेश्वर नगरपालिकाको टुँडिखेलमा निर्माण गर्न लागिएको रङ्गशालाको शिलान्यास गर्नुभयो । साथै, मन्त्री गुरुङले भीमेश्वर नगरपालिकाले तयार पारेको ‘भीमेश्वर नगर बृहत योजना’ को समेत विमोचन गर्नुभयो । तीनदिने भ्रमणका क्रममा गृहजिल्ला पुग्नुभएका मन्त्री गुरुङले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अनुगमन समेत गर्ने कार्यक्रम छ ।