२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको बस दुर्घटना, १२ जनाको मृत्यु



अ+ अ-

एजेन्सी । दक्षिण अफ्रिकास्थित जोहानेसबर्गमा बुधबार बिहान विद्यालयतर्फ जाँदै गरेको मिनीबस अर्को गाडीसँग ठोक्किएपछि पल्टिएर आगलागी हुँदा १२ जना बालबालिकाको मृत्यु भएको सरकारले जनाएको छ ।

मिनीबसका चालकको पनि मृत्यु भएको र अन्य सात जना बच्चाहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको गौतेङ्ग प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

टेलिभिजनमा प्रसारण तस्बिरहरूले सहरबाट ७० किलोमिटर पश्चिममा रहेको मेराफोङमा भएको दुर्घटनामा मिनीबस पूर्ण रूपमा नष्ट भएको देखाएको छ ।

गौतेङ्गका शिक्षामन्त्री माटोम चिलोनेले बताउनुभयो, “यो दुखद घटनाबाट म निकै दु:खी छु । हाम्रा छोराछोरीहरू गुमाउनु हाम्रो समुदायका लागि आघातपुर्ण घटना हो । हामी मृतकको परिवारप्रति समवेदना प्रकट गर्दछौ र घाइते विद्यार्थीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।”