२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई प्रधानमन्त्री बन्न कांग्रेसको प्रस्ताव !



अ+ अ-

काठमाडौँ । नयाँ सत्ता समीकरणका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले छलफल तीव्र पारेका छन् ।

अहिले प्रमुख प्रतिपक्ष रहेको कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेसँगै नयाँ सत्ता समीकरण बनेको हो । त्यसमा एमालेको सकारात्मक प्रतिक्रिया रहेको स्रोत बताउँछ ।

असार १५ मा कांग्रेस सभापति शेरबहादुर देउवा बालकोटस्थित एमाले अध्यक्ष ओली निवासमा पुगेसँगै दुई दलबीच सत्ता सहकार्यका लागि छलफल अघि बढेको हो ।

स्रोतहरूका अनुसार कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको छ ।

संसदको कार्यकाल साढे तीन वर्ष बाँकी छ । उक्त अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको हो । आधा कार्यकाल ओली र त्यसपछिको आधा देउवा प्रधानमन्त्री बन्ने प्रस्ताव गरिएको छ ।

दुई ठूला दल नमिलेसम्म सधैँ तेस्रो र चौथो पार्टीले सरकारको नेतृत्व गर्दा अस्थिरता निम्त्याउने भएकाले देउवा र ओली सहकार्यमा सकरात्मक रहेको स्रोत बताउँछ ।