१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई

संविधानलाई अझै समृद्ध बनाउन जरुरीः अध्यक्ष राई
तस्बिर: हरिराम भेटुवाल/ रासस
अ अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले संविधानलाई अझै समृद्ध बनाउन जरुरी रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधानलाई अझै खारेर पहिचानयुक्त, सुदृढ र सफल बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले धेरै मेहनत, त्याग, तपस्याबाट र हजारौँ हजार शहीदहरुको बलिदानबाट यो व्यवस्था आएको भन्दै यसलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले लोकतन्त्रलाई अझै सफल बनाएर समाजवादतर्फ लम्किनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले धेरै मेहनत गरेर यो परिवर्तन ल्याएका छौँ । म पनि नेपाली राजनीतिको संघर्षशिल क्षणको एउटा बिन्दुबाट यहाँ बस्नुभएका वरिष्ठ नेताहरुको पछिपछि आन्दोलनमा सरिक भएको मान्छे हुँ । धेरै मेहनत, त्याग, तपस्याबाट र हजारौँ हजार शहीदहरुको बलिदानबाट यो परिवर्तन आएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र । संविधानलाई अझै हामीले समृद्ध बनाउनु छ । खार्नु छ । पहिचानयुक्त बनाउनु छ । संघीयतालाई अझै सुदृढ गर्नुछ । लोकतन्त्रलाई अझै सफल बनाएर समाजवादतर्फ हामी लम्किनु छ ।’

अध्यक्ष राईले शहीदहरुको बलिदानबाट प्राप्त व्यवस्थालाई कुनै चोट लाग्न दिन नहुने बताउनु भयो ।