१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि

नेकपा एसको दस्ताबेजमा आफूलाई अस्थिर भनेकोप्रति प्रधानमन्त्रीको असन्तुष्टि
तस्बिर: हरिराम भेटुवाल/रासस
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एकीकृत समाजवादी) को राजनीतिक दस्ताबेजमा आफूलाई अस्थिरताको कारक बनाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आईतवार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा नेकपा (माओवादी केन्द्र) लाई नजिकको शक्ति र आफूलाई अस्थिर भनेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले राजनीतिक दलको भन्ने अधिकारमाथि प्रश्न उठाउने कुरा नहुने भन्दै पुनःविचार गर्न भने आग्रह गर्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र आफू अलिकति अस्थिर नभएको भए सम्भव नरहेको पनि बताउनु भयो ।

उहाँले आफू अस्थिर नभएको भए जनयुद्ध नै नहुने जिकिर गर्नुभयो । उहाँले आफू केही अस्थिर भएकाले नै अहिले समृद्धिको अभियान चलेको दाबी गर्नुभयो । उहाँले गतिशिलता भनेको के हो ? द्वन्दात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद नभइ गड्गडाउँदो नदी जस्तो भएर हुर्रिनु नै माक्सवाद भएको बताउनु भयो । उहाँले माक्सवाद जमेको पोखरी जस्तो नभएको बताउनु भयो । उहाँले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निस्कर्ष निकाल्नु माक्सवाद भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरुले विभिन्न राजनीतिक शक्तिहरुको मूल्यांकन गर्दा हामीलाई अलि नजिकको शक्ति पनि भन्नुभएको छ । साथसाथै अलि बढी अस्थिर पनि भन्नुभएको छ । तपाईंहरुलाई त्यो भन्ने अधिकारमाथि म प्रश्न उठाउन चाहन्न । हरेक राजनीतिक पार्टीले अर्को राजनीतिक पार्टीलाई हेर्ने दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ । तपाईंहरु बनाउनुस् ।

तपाईंहरुलाई जे बनाउन उचित लाग्छ, त्यो बनाउने अधिकार क्षेत्र भित्रको कुरा हो । आज नेपाल संविधान सभामा गयो । संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो । शान्ति प्रक्रिया भयो । समृद्धिको अलि नयाँ अभियान चलेको छ । प्रचण्ड अलि अस्थिर नभएको भए हुँदैन थियो । प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि हुँदैन थियो । प्रचण्ड अलि अस्थिर इन्भटेट कमाको अस्थिर है फेरि साँच्चै अस्थिर नठान्नु । अस्थिर नभएको भए शान्ति प्रक्रिया पनि हुँदैन थियो ।

अस्थिर नभएको भए यो प्रक्रियामा हामी यहाँ आइपुग्ने पनि थिएनौँ । अर्को कोही छ ? म यो प्रश्नबारे तपाईं सबै साथीहलाई गतिशिलता भनेको के हो ? द्वन्दात्मक भौतिकवाद हरेक चिज निरन्तर परिवर्तनको प्रवाहमा हुन्छ, प्रक्रियामा हुन्छ भनेको के हो ? किलो जस्तो एक ठाउँमा ठोक्किएर बसिराख्नु माक्सवाद हो की जमेको पानीको पोखरी जस्तो माक्सवाद हो की गड्गडाउँदो नदी जस्तो भएर हुर्रिने माक्सवाद हो ? तपाईंं सबैले यो कुरा विचार गर्नुपर्छ ।

मार्क्सवाद जमेको पोखरी जस्तो होइन । एउटा कुरा भनेपछि भन्यो भन्यो होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार निस्कर्ष निकाल्नु माक्सवाद हो । हामी एक ठाउँमा बस्ने भन्ने हुँदैन । हामी दौडिरहेका हुन्छौँ ।’

प्रधानमन्त्री दाहालले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) अहिले पनि समाजवादी मोर्चामा सँगै रहेको र मोर्चा हुँदै कम्युनिष्ट आन्दोलनको एकता कायम गर्ने उद्देश्यमा समान धारणा रहेको बताउनु भयो । कम्युनिष्टहरुले निराशावादी भएर सोच्न नहुने बताउनु भयो ।