२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण



अ+ अ-

दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् ।

पालिकाभित्र रहेका आठ माध्यमिक विद्यालयका दुई सय ५० जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा एक जना मात्रै उत्तीर्ण भएका छन् ।

राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवका साधारण नमूना माध्यमिक विद्यालय गङ्गदीबाट गेहेन्द्र यादव मात्रै उत्तीर्ण भएका छन् । उहाँले ‘वि प्लस’ ग्रेड ल्याएका छन् । सोही विद्यालयबाट ८५ जनाले परीक्षामा सहभागी भएका थिए ।

सोही पालिकाबाट जनज्योति माध्यमिक विद्यालय बेलाबाट ५६ , शङ्कर मावि खरदरियाबाट ४५ , माध्यमिक विद्यालय दुलैयाबाट नौ , बालकल्याण मावि खंग्रानाकाबाट १० जनाले एसइई परीक्षा सहभागी भएका थिए ।

माध्यमिक विद्यालय सिक्टाबाट ३०, गौरीशङ्कर मावि भैसाहीनाकाबाट नौ जना, शिवशक्ति मावि भौवानाकाबाट छ जनाले एसइई दिएका थिए । यी सबै विद्यालयबाट शून्य नतिजा आएको छ । शिक्षामा लगानी गरे पनि त्यो अनुसारको नतिजा नआउँदा आफू दुःखी भएको पालिकाका उपाध्यक्ष यादवले बताउनुभयो ।

“हामीले शिक्षामा धेरै लगानी गर्यौँ”, उहाँले भन्नुभयो “तर, लगानी अनुसारको नतिजा दिन सकेनौँ ।” आठ वटै विद्यालय सामुदायिक हुन् । तीन सय ५० विद्यार्थीले परीक्षा दिएकोमा बङ्गलाचुली गाउँपालिकाबाट १३ जना मात्रै उत्तीर्ण भएका छन् ।