१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व भारतीय क्रिकेटरले गरे आत्महत्या



अ+ अ-

एजेन्सी । भारतका पूर्व फास्ट बलर डेभिड जोन्सनको ५२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनले बेङ्लुरुस्थित आफ्नै अपार्टमेन्टको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

जोनसनले सन् १९९६ मा भारतका लागि दुई टेस्ट खेल खेलेका थिए जसमा उनले तीन विकेट लिएका थिए।

जोनसनले कर्नाटकका लागि ३९ प्रथम श्रेणी क्रिकेट खेलेका थिए। जसमा उनले १२५ विकेट लिए । उनले चार पटक पाँच विकेट र एक पटक १० विकेट लिएका थिए । १९९५–९६ रणजी ट्रफी सिजनमा, उनले केरला विरुद्ध १५२ रन दिएर १० विकेट लिएका थिए ।

डेभिडले सन् १९९६ मा अस्ट्रेलियाविरुद्ध नयाँ दिल्लीमा भएको टेस्टबाट टेस्टमा डेब्यू गरेका थिए ।

बीसीसीआई सचिव जय शाहले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । शाहले लेखेका छन्, ‘हाम्रा पूर्व भारतीय फास्ट बलर डेभिड जोन्सनको परिवार र साथीहरूप्रति गहिरो समवेदना। खेलमा उनको योगदान सधैं स्मरणीय रहनेछ ।’