८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व भारतीय क्रिकेटरले गरे आत्महत्या



अ+ अ-

एजेन्सी । भारतका पूर्व फास्ट बलर डेभिड जोन्सनको ५२ वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनले बेङ्लुरुस्थित आफ्नै अपार्टमेन्टको चौथो तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

जोनसनले सन् १९९६ मा भारतका लागि दुई टेस्ट खेल खेलेका थिए जसमा उनले तीन विकेट लिएका थिए।

जोनसनले कर्नाटकका लागि ३९ प्रथम श्रेणी क्रिकेट खेलेका थिए। जसमा उनले १२५ विकेट लिए । उनले चार पटक पाँच विकेट र एक पटक १० विकेट लिएका थिए । १९९५–९६ रणजी ट्रफी सिजनमा, उनले केरला विरुद्ध १५२ रन दिएर १० विकेट लिएका थिए ।

डेभिडले सन् १९९६ मा अस्ट्रेलियाविरुद्ध नयाँ दिल्लीमा भएको टेस्टबाट टेस्टमा डेब्यू गरेका थिए ।

बीसीसीआई सचिव जय शाहले घटनाप्रति दु:ख व्यक्त गरेका छन् । शाहले लेखेका छन्, ‘हाम्रा पूर्व भारतीय फास्ट बलर डेभिड जोन्सनको परिवार र साथीहरूप्रति गहिरो समवेदना। खेलमा उनको योगदान सधैं स्मरणीय रहनेछ ।’




भर्खरै