८ श्रावण २०८३, शुक्रबार
,
Latest
विद्यार्थीको विदेश मोह : सेडाको अनुसन्धान वामपन्थी दलहरू राजनीतिक विकृतिबाट मुक्त छैनन्, विगतको आत्मसमीक्षा आवश्यक छः माधवकुमार नेपाल ऐतिहासिक तथा कलात्मक सम्पदा पुनर्निर्माणमा मौलिकता र गुणस्तर कायम गर्न प्रधानमन्त्रीको चासो प्रचण्डको टिप्पणी–‘हाम्रा कमजोरीमाथि टेकेर नेपाली जनतालाई ‘अफिम’ खुवाए’ मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्र लगानी गर्न तयारः निर्यात व्यवसायी महासंघ सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेबी बम्पमा सुन्दर देखिईन् दीपिका पादुकोण



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला लगातार चर्चामा छिन् । दीपिका एकातिर आफ्नो गर्भावस्थाका कारण चर्चामा छिन् भने अर्कातिर नाग अश्विनको फिल्म ‘कल्की २८९८एडी’ लाई लिएर पनि उनी निकै चर्चामा छिन् । प्रभासको मुख्य भूमिका रहेको ‘कल्कि २८९८ एडी’ जुन २७ मा हलमा रिलिज हुँदैछ ।

यस फिल्ममा अमिताभ बच्चन, कमल हसन र दिशा पटानी पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । यसैबीच, यो आगामी ठूलो बजेटको फिल्मको प्रि-रिलिज कार्यक्रम मुम्बईमा आयोजित गरिएको थियो । कार्यक्रममा दीपिका आफ्नो बेबी बम्प फ्ल्यान्ट गरिरहेकी थिइन्। दीपिकाले कालो हल्टर नेक स्किनी ड्रेस लगाएकी थिइन्, जसमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

यस फिल्ममा दीपिका पादुकोण आमाको भूमिकामा छिन् । यसअघि पनि उनी रणवीर र शाहरुख खानको फिल्म ब्रह्मास्त्र र जवानमा आमाको भूमिकामा देखिएकी थिइन् ।

मुम्बईमा कल्की २८९८ एडी प्रि-रिलिज कार्यक्रममा, अभिनेता राणा दग्गुबातीले दीपिकाको गर्भावस्थामा उनको बेबी बम्प तर्फ औंल्याए। राणा दग्गुबातीले दीपिकालाई उनको गर्भावस्थाको बारेमा जिस्काउँदै भने –’फिल्म पछि पनि आफ्नो चरित्रमा रहने निर्णय गर्नुभएको छ?’ यो कुरामा दीपिकाले हाँस्दै भनिन्, ‘हो, यो फिल्म बनाउन तीन वर्ष लाग्यो, त्यसैले बेबी बम्पलाई अझै केही महिना बोक्न नपरोस् भन्ने सोचेको छु ।’

त्यसपछि दीपिकाले प्रभासतर्फ ईसारा गर्दै भनिन्, ‘प्रभासका कारण पेट यस्तो देखिएको हो किनभने उनले सेटमा मलाई केही न केही खुवाउने गर्थे ।’




भर्खरै