२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्माननीय प्रधानमन्त्री भनौं की असम्माननीय ? बडा द्विविधामा छु : यादव



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टीका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले प्रधानमन्त्री ओलीले पदीय आचरण भन्दा विपरित काम गरेको टिप्पणी गर्नुभएको छ । 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सांसद यादवले प्रधानमन्त्री ओलीले आफ्नो पद अनुसारको सम्मान पाउने काम गर्न नसकेको बताउनुभएको हो । त्यसैले प्रधानमन्त्रीलाई सम्माननिय भन्ने की असम्माननिय भन्ने आफू द्विविधामा परेको बिताउनुभयो ।

उहाँले भन्नुभयो ‘सम्माननिय प्रधानमन्त्रीज्यूको यो कदमको, अझ सम्माननिय प्रधानमन्त्री भन्दापनि सम्माननिय भनौं की नभनौं ? काम चाहिं अर्कैअर्कै किसिमको गर्ने, सम्मान पाउने खालको काम नगर्ने, सम्माननिय प्रधानमन्त्री भनौं की असम्माननिय प्रधानमन्त्री भनौं ? बडा द्विविधामा छु ।’

प्रतिनिधि सभा विघटन असंवैधानिक मात्रै नभएर अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश र कायरतापूर्ण भएको पनि सांसद यादवले बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी, स्वेच्छाचारी, निरंकुश, कायरतापूर्ण र असमायिक कदम हो भन्दै यसको घोर भत्र्सना म र मेरो दलले गर्दछ ।’

प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको अन्तरिक विवादलाई देखाएर जननिर्वाचित संस्थालाई नै विघटन गर्ने कदम ठिक नभएको बताउनुभयो । उहाँले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई श्रीमती र बुबासँग झगडा हुँदा घरमा आगो लगाएको घटनासँग तुलना गर्नुभयो ।

सांसद यादवले प्रधानमन्त्री ओलीको अफूलाई संसदमा घेरावन्दीमा परेको भन्ने भनाईको समेत प्रतिवाद गर्नुभएको छ । उहाँले नक्सा पारित गर्दा घेराबन्दीमा परेको हो भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो ‘घेराबन्दी रे । कसले पार्यो घेराबन्दीमा । यो चुच्चोको लागि प्रस्ताव राख्नुभयो त्यो बास्तवमा सिंगो सत्तापक्षको, प्रतिपक्षको सर्वसम्मतिले प्रतिनिधि सभा राष्ट्रिय सभाले साथ थियो । कहाँ घेराबन्दी गरेको थियो प्रतिनिधि सभाले । कुन विषयमा घेराबन्दी गर्यो । त्यसैले यो अलोकतान्त्रिक कदम हो ।

देशको अविभावक रहनु भएको संस्था, संविधानको संरक्षक रहेको संस्था राष्ट्रपतिले नै गुटबन्दीमा परेर प्रधानमन्त्रीको कदमलाई सदर गरेको समेत बताउनुभयो । उहाँले मिल्छ भने अझैपनि फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘हाम्रो अविभावक, सम्पूर्ण नेपालीको अविभावक । संविधानको संरक्षक । तर उहाँले एउटा गुटबन्दीमा परेर यस्तो काम गराइयो । सम्माननिय प्रधानमन्त्रीबाट सम्माननिय राष्ट्रपतिले । म आग्रह गर्न चाहन्छु अहिले पनि सच्चिने ठाउँ छ भने सच्याइयोस ।’

सांसद यादवले मुद्दा संवैधानिक इजलासमा गएको र त्यहाँबाट न्याय पाउने आशा रहेको बताउनुभयो ।

यस्तै सरकारले उखु किसानको हितमा काम गर्न नसकेको पनि सांसद यादवले बताउनुभयो । देशमा उखु किसानहरुले आफ्नो पैसा नपाएर जाडोमा आन्दोलन गर्नुपर्ने, आन्दोलन गर्दैगर्दा मर्नुपर्ने तर सरकारले टुलुटुलु हेरिरहेको मात्रै बताउनुभयो । उहाँले भन्नुभयो ‘देशमा कृषि प्रधान देश भन्छौं । तर आफै मेहनतले उब्जाएको उखुको पैसा लिनको लागि जाडोमा कठ्याङ्ग्रीएर आन्दोलन गर्नुपर्ने, आफ्नो ज्यान दिनुपर्ने, सरकार टुलुटुलु हेरिराख्ने । खालि बक्तव्य जारी गर्ने । बोलाएर ध्यान दिनुपर्नेमा ध्यान निदने । उनीहरुको पैसा नदिलाउने । यो विषयमा पनि सरकारसँग आग्रह गर्न चाहन्छु की उखु किसानको पैसा तुरुन्त दिलाइयोस ।’