६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

५२ औँ जन्मदिनको अवसरमा करण जोहरले गरे नयाँ फिल्मको घोषणा



अ+ अ-

एजेन्सी । चलचित्र निर्माता करण जोहर आज अर्थात मे २५ मा ५२ वर्षका भएका छन् । यो विशेष अवसरलाई थप विशेष बनाउन उनले भव्य पार्टी आयोजना गरेका थिए । यस अवसरमा सिने जगतका धेरै स्टारहरू उपस्थित समेत रहेका थिए ।

जन्मदिनको अवसरमा करणले आफ्ना फ्यानहरुलाई पनि ठूलो उपहार दिएका छन् । उनले इन्स्टाग्राममा आफ्नो नयाँ तस्विर शेयर गरेका छन् । तस्विरमा करणले सेतो शर्ट लगाएको र हातमा नोटबुक लिएको देखिन्छ । नोटबुकको कभरमा ‘अनटाइटल नेरेसन ड्राफ्ट । करण जोहर द्वारा निर्देशित। २५ मे २०२४’ लेखिएको छ। करण जोहरले यसको क्याप्सनमा लेखेका छन्, ‘गेट सेट गो’।

करण जोहरले आफ्नो जन्मदिनको विशेष अवसरमा नयाँ फिल्मको घोषणा गरेका हुन्।

सेलेब्ससँगै फ्यानले पनि करणलाई यो पोस्टमा बधाई दिइरहेका छन् । यसका साथै फ्यानहरुले शाहरुख खान र काजोललाई एकपटक फेरि सिल्भर स्क्रिनमा ल्याउनुपर्ने बताएका छन् । इन्स्टाग्राममा मलाइका अरोरा, कृति सेनन, मनिष मल्होत्रा, गुनीत मोंगा, नेहा धुपिया र किम शर्मा जस्ता स्टारहरूले करण जोहरलाई बधाई दिएका छन्।

रकी र रानीको प्रेम कहानी पछि यो करण जोहरको अर्को फिल्म बन्न लागेको हो ।