११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश १ मा गोला प्रथाबाट कांग्रेसका गोपाल बस्नेत विजयी



अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्यमा निर्वाचन अन्तर्गत बराबर मत ल्याएपछि भएको गोलाप्रथाबाट नेपाली कांग्रेसका नेता गोपाल बस्नेत निर्वाचित भएका छन् ।

निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको निर्वाचनमा गठबन्धनको समर्थन प्राप्त कांग्रेस उम्मेदवार बस्नेत र एमालेका उम्मेदवार गुरु बरालले बराबर मत ल्याएका थिए । 

दुवै उम्मेदवारले समान ४ हजार ४ सय ८८ मत ल्याएका थिए । मत बराबर आएपछि गोलाप्रथाबाट विजयी घोषणा गरिएको हो ।