३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह

संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन्

संसारको सबैभन्दा शान्त ठाउँ, जहाँ सुल्तानदेखि भिखारीसम्मका शव गाडिन्छन्
अ+ अ-

एजेन्सी । शहरहरूमा धेरै कोलाहल हुन्छ । तर संसारमा केही यस्ता ठाउँहरू छन् जहाँ चरम शान्ति छ । आज हामी तपाईलाई यस्तै शान्त ठाउँको बारेमा बताउन गइरहेका छौँ । यो विशेष स्थानलाई ‘भ्याली अफ पिस’ भनिन्छ, जहाँ राजादेखि भिखारीसम्मका शव गाडिन्छन् ।

यो भ्याली अफ पिस इराकको नजाफ सहरमा अवस्थित एउटा कब्रिस्तान हो । यो संसारको सबैभन्दा ठूलो कब्रिस्तान मध्ये एक हो, जसलाई वादी अल–सलाम पनि भनिन्छ । यस शान्तिको उपत्यकामा ६० लाखभन्दा बढी मुस्लिमहरूको शव गाडिएको छ, जसमा सुल्तानदेखि वैज्ञानिक, नेता र भिखारीसम्म सबै छन् ।

यति मात्र होइन, भगवानका अगमवक्ता सालेह र हुदको चिहान पनि छन् । राजकुमार अली इब्न अबी तालिबको अवशेष पनि यही ठाउँमा छ । यो चिहान करिब १ हजार ४ सय ८५ दशमलव ५ एकडमा फैलिएको छ ।

वादी अल सलाम कब्रिस्तान यस सहरको आत्मा हो, जसलाई हेर्दा कब्रिस्तानको होइन सहरको अनुभव हुन्छ । वास्तवमा, यहाँ चिहानहरू साँघुरो भवनहरू जस्तै देखिन्छन् । संसारका विभिन्न भागबाट मुस्लिमहरू यो ठाउँ घुम्न आउँछन् । वादी अल–सलाम संसारको एक मात्र कब्रिस्तान हो जहाँ १४०० भन्दा बढी वर्ष पहिलेदेखि दफन चलिरहेको छ, जुन आज पनि जारी छ ।

अल–सासानियन युगका नेताहरू र अल–हिराका राजाहरूलाई पनि यस चिहानमा गाडिएको थियो । यति मात्र होइन, हम्दानिया राज्यका राजकुमारहरू, अल–बुवाहिया, फातिमिया, सफाविय्या, काजरलाई पनि यहाँ गाडिएको थियो ।

त्यहाँ प्रत्येक परिवारको लागि विशेष भूमिगत कोठाहरू छन्, जसमा पहुँच सीढीहरू मार्फत जान्छ । यो चिहानलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले विश्वको सबैभन्दा ठूलो चिहानको रूपमा मान्यता दिएको छ । यो चिहानलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रको सूचीमा समावेश गरेको छ ।

इराक युद्धका क्रममा यहाँ दैनिक २००–२५० शव गाडिन्थ्यो भने २०१० मा यो संख्या १०० भन्दा कममा झरेको थियो । हरेक वर्ष विश्वभरबाट करिब ५० हजार नयाँ शवलाई यस चिहानमा स्थान दिइन्छ । सन् २०१४ मा एक समय यस्तो आयो, जब ठाउँको अभावमा शव यहाँ राख्न अस्वीकार गरियो । यसपछि कतिपय शव चोरी भएको र कतिपय शव बेच्ने घटना बाहिर आएको थियो ।

एक मिडिया रिपोर्टका अनुसार यो ठाउँ विश्वभरका शिया मुस्लिमहरूका लागि महत्त्वपूर्ण स्थान हो । यस चिहानमा चिहान खन्न १ सय डलर र शव गाड्न १७०–२०० डलर खर्च लाग्छ ।