४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुम्बईमा होर्डिङ बोर्ड ढल्दा कम्तिमा ८ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा कम्तिमा ८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन् ।

हिजो साँझ वर्षासँगै आएको आँधीपछि इन्धन स्टेशनमा १५ हजार वर्गफिटको ठूलो विज्ञापन होर्डिङ बोर्ड ढलेर च्यापिँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) ले फसेकाहरूको लागि रातभर उद्धार गरेको थियो । घटनामा ६० जनाभन्दा बढी घाइते भएका छन् ।

यसैबीच राष्ट्रपति द्रौपदी मुर्मु र उपराष्ट्रपति जगदीप धनकरले मुम्बईको घटनामा ज्यान गुमाउनेहरूप्रति समवेदना व्यक्त गर्दै होर्डिङ भत्किँदा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।