२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिले वाचन गर्ने नीति तथा कार्यक्रममा सहयोग गर्न प्रधानमन्त्री दाहालको आग्रह, कांग्रेसको बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले सदनमा सार्वजनिक गर्ने सरकारको नीति तथा कार्यक्रमलाई सहयोग गर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री दाहालले आज कांग्रेसका नेताहरुलाई बालुवाटारमा बोलाएर राष्ट्रपतिले सम्बोधन गर्ने बेला सदनमा अवरोध नगर्न आग्रह गर्नुभएको हो । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गर्दै संसद् अबरुद्ध गर्दै आएको छ ।

प्रधानमन्त्री दाहालसँगको छलफलपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध खुलाउने विषयमा छलफल केन्द्रित रहेको र प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न आग्रह गरेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले समस्या समाधानका लागि प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले नीति तथा कार्यक्रम राष्ट्रपतिबाट सम्बोधन हुने भएकाले अवरोध नगर्न भन्नुभएको हो । प्रधानमन्त्रीको भनाइबारे संसदीय दलको बैठकमा छलफल गरी निचोड निकाल्ने कांग्रेसले जनाएको छ ।

संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुग्नुभएको थियो ।

कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ । कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।