१६ असार २०८३, मंगलवार
,
Latest
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात व्यवसायी राष्ट्रिय महासंघ यातायातमा सिण्डिकेटको पक्षमा छैन: अध्यक्ष स्वाँर



अ+ अ-

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले महासंघ कुनैपनि यातायातको सिण्डिकेटको पक्षमा नभएको बताउनुभएको छ ।

महासंघका अध्यक्ष स्वाँरले मंगलवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय राष्ट्रिय सञ्चारमाध्यमहरुले सर्वोच्च अदालतले सिण्डिकेट ब्युँताएको भन्ने भ्रम फैल्याएको दाबी गर्नुभयो । उहाँले यातायात व्यवसायी महासंघ सिण्डिकेटको पक्षमा नभएर सुधार र प्रविधियुक्त सार्वजनिक यातायातको पक्षमा रहेको बताउनु भयो । उहाँले यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदनले दिएको सुझाव कार्यान्वयनमा सरकारले दिएको तिब्रतालाई स्वागत गर्ने बताउनु भयो ।

उहाँले कार्यदलले दिएको सुझावको आधारमा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिबन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको बताउनु भयो । उहाँले यातायात व्यवसायी राष्ट्रिय महासंघ सहित अन्य प्रतिनिधिहरु गएर गृह सचिवलाई पत्र बुझाएको बताउनु भयो । अध्यक्ष स्वाँरले सरकारले यातायातमा भएका अन्योलतालाई चिर्दै व्यवस्थित, नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधि युक्त बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाको लागि यातायात प्राधिकरण गठन गर्नुको विकल्प नभएको बताउनु भयो।

उहाँले भन्नुभयो,‘सरकारले यातायातका संघ र समिति खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले चैत २८ गते संघसंस्था र समितिलाई खारेज गर्न नमिल्ने गरेर निर्णय गरेको छ । यातायात सुधार आयोगको प्रतिवदेन सरकारलाई बुझाएपछि कार्यान्वयन गर्ने पक्षमा सरकार तिब्ररुपमा अघि बढेको पाएका छौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात सेवासँग सम्बन्धित संघसंस्था र समितिलाई प्रतिवन्ध फुकाउन सिफारिस गरिएको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघसहित अन्य प्रतिनिधिहरु गएर गृहसचिवलाई पत्र बुझाएका छौं ।

सरकारले यी विषयलाई तत्काल यातायातमा भएको अन्योलतालाई चिर्दै व्यवस्थित नागरिक उन्मुख सार्वजनिक यातायात र प्रविधियुक्त बनाउनतिर अग्रसर हुनुपर्छ । प्रतिवेदनमा आधारित यातायात क्षेत्रका सरोकारवालाको लागि यातायात प्राधिकरण गठन गर्नुपर्छ । नेपाल यातायाता व्यवसायी महासंघ कुनैपनि यातायातमा सिण्डिकेटको पक्षमा छैन । नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी छ । १० खर्बको लगानीलाई कसरी संरक्षण गर्नेमा ध्यान केन्द्रित छ । सिण्डिकेटको नाममा यातायात व्यवसायीहरुलाई उक्साउने हो भने क्षेत्र नै तहसनहस हुन्छ ।’

उहाँले यातायाता व्यवसायी महासंघ कुनैपनि यातायातमा सिण्डिकेट भन्दा पनि नागरिक उन्मुख र लगानीकर्ताको लगानी र श्रमिकको सम्मान हुने गरेर सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले १० खर्बको लगानीलाई कसरी संरक्षण गर्नेमा ध्यान केन्द्रित रहेको बताउनु भयो ।