१६ असार २०८३, मंगलवार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउन आदेश भोजपुरमा प्राविधिक कुटिए गृहमन्त्रीको निर्देशनपछि उद्योगमन्त्री गौरिकुमारी यादवको गाडीबाट कालो सिसा हटाइयो झापामा मकै उत्पादनमा ह्रास जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठपर्व मनाइँदै



file photo
अ+ अ-

वीरगञ्ज । तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ ।

चार दिनसम्म मनाइने चैती छठपर्वअन्तर्गत आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र भोलि अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैती छठपर्व सम्पन्न हुन्छ ।

यो पर्वका लागि अहिले वीरगञ्जस्थित घडिअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैयालगायत स्थानका पोखरी तथा तलाउलाई दुलहीझैँ श्रृङ्गारिएका छन् । चैती छठपर्वमा सूर्य भगवान् र छठीमातालाई चढाउन गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसुवालगायत परिकार बनाउने गरिन्छ ।

प्रसादका रुपमा मुला, गाँजर, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउलगायत फलफूल चढाउने परम्परा रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो । शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक छठपर्व मनाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । शरद् ऋतुमाजस्तो वसन्त ऋतुमा मनाउने छठको उल्लास भने नहुने पण्डित शास्त्रीले बताउनुभयो ।

छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने सामग्री किन्न बजारमा चहलपहल बढेको छ । छठपर्वको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग कहिले नलाग्ने जनविश्वास रहेको छ । रासस