२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनेश कार्तिकलाई जिस्काउदै रोहितले भने: विश्वकप अझै बाँकी छ



अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजनमा मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पार्यो। टोलीले बिहिबार रोयल च्यालेन्जर्स बैंग्लोरलाई सात विकेटले हराएको हो ।

खेलको दौरान एमआईका पूर्व कप्तान तथा टीम इन्डियाका कप्तान रोहित शर्मा हाँस्दै र ठट्टा गर्दै देखिएका थिए । आरसीबीका विकेटकिपर ब्याट्सम्यान दिनेश कार्तिकले २३ बलमा ५३ रन बनाएका थिए । यसै क्रममा रोहित उनीनजिक गए र भने, ‘धेरै राम्रो डीके, हामीले अझै विश्वकप खेल्न बाँकी छ।’

अब आईपीएलपछि अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखबाट टी–२० विश्वकप हुँदैछ । सोहिको लागि रोहितले डीकेलाई जिस्काएका हुन् ।रोहितको कुरा सुनेर विकेटकिपर तथा ब्याट्सम्यान इसान किशान पनि हासिरहेका थिए ।

कार्तिकले सन् २०१९ र २०२२ को विश्वकप खेलेका थिए। उनले भारतका लागि सन् २००७ मा पहिलो टी–२० विश्वकप पनि खेलेका थिए ।

कार्तिकले २०२१ र २०२३ को विश्वकपमा भने खेल्ने मौका पाएका थिएनन् । उनको स्थानमा इशान किशन, ऋषभ पन्त र केएल राहुललाई खेलाईएको थियो ।