२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषध कारोबार रोक्न भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता



अ+ अ-

सुदूरपश्चिम । भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठकमा लागुऔषधको कारोबार रोक्नका लागि भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

भारतको उत्तर प्रदेशस्थित लखिमपुर (खिरी) जिल्लाको पलियामा शनिबार बसेको बैठकमा सीमा क्षेत्रबाट हुनेगरेको लागुऔषधको कारोबार रोकथाममा भारतीय पक्षले सहयोग गर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताउनुभयो ।

खुला सीमाका कारण भारतीय क्षेत्रबाट लागुऔषध कैलाली सहितका जिल्लामा भित्रिने गरेको छ । प्रहरीले लागुऔषध कारोबार र सेवनमा लाग्नेलाई धमाधम पक्राउ गरेपनि समस्या समाधान हुनसकेको छैन । केही हप्तापछि भारतमा हुन लागेको लोकसभाको चुनावलाई मध्यनजर गरी बसेको बैठकमा सीमा क्षेत्रमा नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट बेलाबखत हुने दुव्र्यवहार रोक्नुपर्ने नेपाली पक्षले कुरा उठाएका थिए ।

“बैठकमा मैले नेपालीमाथि भारतीय सुरक्षाकर्मीबाट हुने गरेको दुव्र्यवहार रोक्नुपर्ने कुरा उठाएँ, भारतीय पक्षले यस्तो हुन नदिने प्रतिवद्धता गर्नुभयो,” प्रमुख जिल्ला अधिकारी मिश्रले भन्नुभयो, “बैठकमा भारतमा हुन लागेको चुनावको ७२ घन्टा अघि सीमा सिल गर्ने, एम्बुलेन्स लगायतका अति आवश्यक सवारी साधनको आवागमनमा भने रोक नलगाउने, चुनावको बेला सीमामा कुनै अवाञ्छित गतिविधि हुन नदिन निगरानी गर्ने, वन तथा वन्यजन्तु र व्यापारिक मालसामनको चोरी तस्करी नियन्त्रणमा मिलेर काम गर्ने समझदारी भएको छ ।”

बैठकमा सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि रोक्न प्रहरीको तल्लो तहसम्म सूचना आदानप्रदान गर्ने विषयमा प्रतिबद्धता गरिएको छ । बैठकमा नेपालको तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्र, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, दुवै जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख, कैलाली भन्सार कार्यालय, वन डिभिजन कार्यालय प्रमुखको सहभागिता रहेको थियो । भारतको तर्फबाट उत्तर प्रदेश, लखिमपुर (खिरी) जिल्लाको डिस्ट्रिक मजिष्ट्रेट (जिल्ला अधिकारी) महेन्द्रबहादुर सिंह, सहायक डिस्ट्रिक मजिष्ट्रट, सीमा सुरक्षा बल (एसएसबि), का प्रमुख लगायतको सहभागिता रहेको थियो । रासस




भर्खरै