२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन

नेपालमा कोरोना संक्रमण दर नियन्त्रणभित्र कि अझै नियन्त्रणबाहिर नै ?

नेपालमा कोरोना संक्रमण दर नियन्त्रणभित्र कि अझै नियन्त्रणबाहिर नै ?
अ अ+ अ-

काठमाडौं । नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ।  

बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५.४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ सय ९७ वटा नमुना परीक्षण भएको थियो भने १ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार उपत्यकामा ५५ जनामा कोरोना पुष्टि भएको छ। संक्रमित मध्येमा ४४ जना काठमाडौंमा, ३ जना भक्तपुरमा र ८ जना ललितपुरमा छन्।  

एक सातादेखि नयाँ संक्रमणदर हवात्तै घट्दै गएको तथ्यांकले औंल्याए पनि घटेकै हो या हैन भन्ने बलियो आधार नभएको विज्ञहरूको भनाइ छ। राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलका अनुसार परीक्षणको संंख्या कम भएको अवस्थामा कम संक्रमण दर देखिएकोले नियन्त्रण भएको या हैन भन्ने यकिन छैन। डा. पौडेलका अनुसार परीक्षण संख्या बढाएर थप दुई साताको स्थिति हेरेपछि मात्र कोरोना नियन्त्रण भएको या हैन भन्न सकिन्छ। नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।