२५ जेष्ठ २०८३, सोमबार
,
Latest
एआईको बढ्दो प्रयोगले ऊर्जा र पानी सङ्कट बढ्न सक्ने सुरेन्द्र पाण्डेको चेतावनी प्रधानमन्त्री साह तत्काल संसदमा आउनु हुन्नः सभापति लामिछाने प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै ‘ग्रिन फाइनान्स ट्याक्सोनोमी’ लाई सरकारले छिटो राष्ट्रिय मान्यता दिनुपर्छः पौडेल एमालेको प्रश्न : रवि लामिछानेको भारत भ्रमण र प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिबिच सम्बन्ध थियो ? ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन फुल्चोकी जङ्गलमा हराउने घटना बढेपछि सावधानी अपनाउन प्रहरीको आग्रह महोत्तरीको पोखरभिण्डाबाट हराएका बालक पोखरीमा मृत फेला मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः चन्द्रकान्त राउत सर्वदलीय बैठक सिंहदरबारमा जारी, संसद गतिरोध अन्त्यबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्डफ्लु परीक्षण गर्न प्रयोगशालाको अभाव, भयानक अवस्था सिर्जना हुन सक्ने



अ+ अ-

काठमाडौं । बर्डफ्लुलगायत पशुपक्षीजन्य रोग परीक्षण गर्न प्रयोगशाला अभाव भएको छ। पशु सेवा विभागमातहत सञ्चालनमा रहेका ७ अत्याधुनिक प्रयोगशालामध्ये ५ वटा कोभिड १९ भाइरस परीक्षण गर्न प्रयोगमा ल्याइएको छ। विराटनगर, पोखरा, जनकपुर, धनगढी र सुर्खेतस्थित प्रयोगशाला चैतदेखि स्वास्थ्य सेवा विभागले प्रयोग गर्दै आएको हो। पशु सेवा विभागसँग त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र चितवनको राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला मात्रै छन्। यीमध्ये पनि बर्डफ्लुसम्बन्धी परीक्षण त्रिपुरेश्वरस्थित प्रयोगशालामा मात्रै हुन्छ।

‘तर, अहिलेको अवस्थामा एक मात्र प्रयोगशालाबाट बर्डफ्लुसहित पशुपक्षीजन्यसम्बन्धी सम्पूर्ण रोगबारे अन्वेषण र परीक्षण गर्न सम्भव छैन’, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले भने, ‘पहिले सबै प्रयोगशालाको सहयोगमा काम गर्दा पनि असहज अवस्था थियो। अहिले जम्मा एक प्रयोगशालाबाट मात्रै अन्वेषण र परीक्षण गर्न सम्भव छैन।’

डा. ढकालका अनुसार हालै बर्डफ्लु संक्रमण देखिएपछि परीक्षणको दायरा बढाउन, अन्वेषण तथा रोकथाम गर्न यस्तो प्रयोगशालाको चर्को अभाव व्यहोर्नुप¥यो। ‘पर्याप्त प्रयोगशाला अभावमा अहिले बर्डफ्लुको सानो संक्रमण फैलिँदा नियन्त्रणमा लिन हामीलाई निकै गाह्रो भयो’, उनले भने, ‘ठूलै संक्रमण फैलिएको अवस्थामा प्रयोगशाला अभावमा भयानक अवस्था सिर्जना हुन सक्छ।’ अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।