२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा News Polar संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान’ News Polar ‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ? News Polar सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद News Polar नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध

तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन पौडेलको माग

तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन पौडेलको माग
अ अ+ अ-

काठमाडौँ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा पदाधिकारी र राजनीतिक नियुक्तिहरूका विषयमा पार्टीको धारणा बनाउन तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । तनहुँमा रहेका पौडेलले बिहीबार पार्टी सभापति शेरबहादुर देउवालाई फोन गरेर बैठक बोलाउन आग्रह गरेका हुन् । ‘केपी ओलीले यत्रो उपद्रो गर्दा पार्टी चुप लागेर बस्न हुन्न, एकातिर चुनाव पनि भन्ने, अर्कोतर्फ संवैधानिक आयोगमा असंवैधानिक बाटोबाट पदाधिकारी नियुक्ति गर्ने, हजारौं कार्यकर्तालाई राजनीतिक नियुक्ति दिने ?’ पौडेलले भने, ‘यो गम्भीर विषयमा छलफल गर्नुपर्छ भनेर मैले सभापतिसँग बैठकको माग गरेको हुँ ।’

सभापति देउवाबाट प्रस्ट जवाफ नआएको उनले बताए । संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिका विषयमा पार्टीले औपचारिक धारणा नल्याएपछि पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह असन्तुष्ट भएका छन् । प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिबिनै निर्णय गर्न सकिने गरी अध्यादेश जारी गरी त्यसैका आधारमा बसेको बैठकले गरेको सिफारिसलाई कांग्रेसले पुस ५ मै नमान्ने निर्णय गरेको थियो ।

नियुक्ति भएपछि भने पार्टीले औपचारिक धारणा ल्याएको छैन । संस्थापनइतर खेमाका नेताले सामाजिक सञ्जालमा कडा विरोध गर्दै आएका छन् । नेता शेखर कोइरालाले असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएको संवैधानिक नियुक्ति कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । उनले सबै नियुक्ति तत्काल खारेज गर्नुपर्ने बताए ।

संयुक्त आन्दोलनमा कांग्रेसले इच्छा देखाएनः भट्टराई

संखुवासभा– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कांग्रेसको अनिच्छाका कारण संसद् विघटनविरुद्ध संयुक्त आन्दोलनमा जान नसकिएको बताएका छन् । उनले कांग्रेसको मूल नेतृत्वको अनिच्छा नै संयुक्त आन्दोलनमा बाधक बनेको आरोप लगाए । संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले प्रतिनिधिसभा अहिले पनि जीवित रहेको दाबी गरेका छन् ।

उनले असंवैधानिक कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल कांग्रेसले ढुलमुले चरित्र देखाइरहेको बताए । नेकपा विभाजनको औपचारिक टुंगो नलागेको र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरूबीच साझा आन्दोलन हुन नसकेको उनको भनाइ छ । कान्तिपुर दैनिक