११ असार २०८३, बिहीबार
,
Latest
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ हजार सङ्क्रमित



अ+ अ-

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन ।

सोही अवधिमा अरु ८७१ जनाको मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । 

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो । 

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूका अनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकालेपनि अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो । 

भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै एक लाख धेरै छ । 

भारतमा पछिल्लो एक दिनमा १७ लाख ५९ हजार ४३४ जनाको कोरोना परीक्षण गरिएको थियो ।

अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १९८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।