२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव माओवादीमाथिको प्रतिबन्ध हटाएर वार्ताको तयारी



अ+ अ-

नेपाल सरकारले विप्लव समूहको नेकपा माओवादीमाथि लगाइएको प्रतिबन्ध  हटाउने भएको छ । अब बस्ने मन्त्रिपरिषदको बैठकले  सो समूहमाथिको प्रतिबन्ध हटाउने भएको बालुवाटार समाचार स्रोतले जनायो । 

समाचार स्रोतका अनुसार सो समूहसँग वार्ता गर्न  सरकारी वार्ता समिति गठन हुने पनि बताइएको छ । प्रधानमन्त्री केपी ओलीले हालै विप्लव माओवादीलाई वार्ताको टेबलमा ल्याइने बताउनुभएको थियो । 

सरकारको यही निर्णय बमोजिम नै हालैमात्र मन्त्री मणि थापाले सो माओवादी समूहका नेता हेमन्तप्रकाश ओलीसँग नख्खु कारागारमै पुगेर भेट गर्नुभएको थियो । सोही बमोजिम सरकारले तयारी थालेपछि उक्त माओवादी समूहका नेता नेत्रविक्रम चन्द विप्लवले हिजोमात्र विज्ञप्ति प्रकाशन गरेर आफूहरु वार्तामा आउने बताउनुभएको थियो । 

उता विप्लवले भने संसदीय व्यवस्था नमान्ने बताउँदै आएकोले त्यसको विकल्प सरकारले वार्ताको टेबलबाट खोज्ने भएको छ । समाचार स्रोतका अनुसार संसदीय व्यवस्थाको विकल्पमा जनवादी गणतन्त्रको लागि जनमत संग्रहमा जान सकिने गरी वार्ताको एजेण्डा बनाइने भएको बुझिएको छ ।