२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी सांसदको प्रश्न: प्रतिपक्ष दलहरुको धर्म सरकारको बिरोध गर्नु मात्रै हो र ?



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले प्रतिपक्ष दलहरुको धर्म सरकारको बिरोध मात्रै गर्नु हो र ? भनि प्रश्न गर्नुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले सरकारले सिंगो मुलुकलाई सुशासन र समृद्धिको बाटोमा लैजाना खोज्दा पनि प्रतिपक्षहरुले बिरोध गरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो । सांसद पार्कीले सरकारले सत्ता र शक्तिको वरिपरी घुम्ने दलाललाई पनि पाखा लगाएको दाबी गर्नुभयो । उहाँले भ्रष्टहरुलाई विदेश भाग्न बाध्य बनाउने काम पनि गरिरहेको भन्दै सरकारको बचाऊ गर्नुभयो । सांसद पार्कीले राजनीतिक भ्रष्टिकरणलाई पनि सरकारले पाखा लगाउने काम गरेको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘प्रतिपक्षको धर्म विरोध मात्रै गर्नु हो त ? विगतमा जति पनि सरकार बने । त्यो सरकार बन्ने र भत्किने जुन काम भयो । अहिलेको जुन गठबन्धनको सरकार बनेको छ । त्यो सरकारले वास्तवमा भन्ने हो भने संविधान र यो व्यवस्थालाई पनि अझ मजबुत बनाउने, यो व्यवस्थालाई स्थायित्व दिने गरेर जुन सम्माननीय प्रधानमन्त्रीज्यूले स्टेप चाल्नु भएको छ । के यो ऐतिहासिक काम छैन र ? जुन उहाँले सुशासनको थालनी गर्नुभएको छ । वास्तवमा त्यो भ्रष्टाचार बिरोधी अभियान मात्रै होइन, नेपाली समाजमा देखा परेको जुन विभिन्न खालका प्रवृत्तिहरु छन् । त्यसबाट नेपाली समाज, नेपालका राजनीतिक र विभिन्न खालको तह र तप्काका मान्छेहरुलाई सकारात्मक सोचको विकास गर्ने ठाउँमा त्यसले पुर्‍याएको छ । राजनीति भित्र जुन खालको भ्रष्टिकरण देखापरेको थियो ।’

‘त्यो भ्रष्टिकरणलाई रोक्ने काम यसले गरेको छ । हिजो दलालहरु मन्त्रालयको वरिपरी, सत्ता र शक्तिको वरीपरी घुमिरहन्थे, आजको अवस्था के छ ? के यो घामजत्तिकै छैन र ? सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले के आज दलालहरु सत्ता र शक्तिको वरीपरी घुम्ने चाहीँ वातावरण बनेको छ ? र आज देशमा होइन, उनीहरु विदेशमा भाग्नुपर्ने अवस्था छ । र सबै राजनीतिक पार्टीहरुले चुनाव लडदाखेरी जति पनि पैसा खर्च गरेर जित्ने अवस्था थियो । ती मान्छेहरुलाई पनि आजको सरकारले सोच्न बाध्य बनाएको छ । करोडौं खर्च गरेर सांसद, मन्त्री भएपनि त्यो पैसा असुल गर्न पाईदैन भन्ने कुरा पनि सरकारले सिकाएको छ । मैले भन्न खोजेको के हो भने जुन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा जुन सरकार बनेको छ । त्यसले सिंगो राष्ट्रलाई एउटा सुशासनतिर, समृद्धितिर र राष्ट्रि एकतातिर लैजान जुन खोजिराखेको छ । त्यसको हामीले स्वागत गर्न चाहन्छौ । ’

सांसद पार्कीले मुलुकलाई सुशासन, समृद्धिको बाटोमा अघि बढाउने काम गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आभार समेत व्यक्त गर्नुभयो ।