२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिआरसी विधेयक पीडितमैत्री बनाएर मात्रै पारित गर्नुपर्छ: सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई छिटो टुंग्याउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकहरुले टिआरसी विधेयकलाई अझै कति अड्काउने भन्ने प्रश्न गरिरहेको भन्दै यसलाई छिटो सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले समितिमा उठेका विषयहरुलाई छलफल गरी छिटो भन्दा छिटो पीडितमैत्री कानून बनाइ पारित गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले संक्रमणकालीन न्याय राजनीतिक प्रकृतिको विषय भएकाले सबैको सहमतिमा टुंग्याउन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो कुरा हामी अझै कति अड्काउने ? यसमा प्रश्न उठेको छ । हामीले पनि यो बीचमा छलफलका क्रममा उठाएका महत्वपूर्ण विषयहरुमा कसरी अघि जाने भन्नेकुरामा सभापतिले फिनिसिङ कसरी आउँछ भन्नेकुरामा त्यसको आधारबाट यो तत्काल अहिले टुंगिने वा प्रक्रियाबाट, समय लिने भन्नेकुरा हुन्छ । यो महत्वपूर्ण छ, राजनीतिक प्रकृतिको विषय हो, लामो समयदेखि अफ्ठ्यारो हुँदै आएको विषय हो, छिटो गुर्नपर्छ भन्नेमा सबैको सहमति छ । समितिमा उठेका चार विषयमा केही साँघुरो हुन खोजेको छ, त्यसलाई एक ढंगले फिनिसिङ गरेर गयो भने समितिको मात्रै वर्नरसिपको कुरा हुँदैन । सबैले वर्नरसिप लिने किसिमको कुरा हो ।’

सचेतक बर्तौलाले सबैले न्याय पाएको महशुस हुनेगरी विधेयक टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।