१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

महासमितिमा महिला नीतिमा छलफल हुन सकेन: काँग्रेस नेतृहरु

महासमितिमा महिला नीतिमा छलफल हुन सकेन: काँग्रेस नेतृहरु
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेतृहरुले नीति अधिवेशनमा महिला नीतिमा पर्याप्त छलफल हुन नसकेको गुनासो गरेका छन् ।

शुक्रवार काठमाडौंमा भएको एक भेलामा सहभागी नेतृहरुले महासमितिको बैठकमा महिला केन्द्रित नीतिबारे सामान्य छलफल मात्रै भएको बताए । बदलिँदो परिस्थितिसँग जुध्न स्पष्ट महिला नीति बनाएर जानुपर्ने आवश्यकता हुँदाहुँदै पनि महिला नीति नै राखेर छलफल हुन नसकेको बताए । भेलामा सहभागी नेपाली काँग्रेस नेतृ डा.आरजु राणा देउवाले वडा तहदेखि पार्टीको केन्द्रिय संरचनासम्म महिलाको ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेर जान आवश्यक रहेको बताउनु भयो । निर्वाचन प्रणालीको बारेमा भइरहेको बहसमा समानुपातिक र समावेशी निर्वाचन प्रणाली हटाउन खोजिए महिला दलित र पछाडि पारिएको क्षेत्र पछाडि नै रहने स्पष्ट पार्नुभयो ।

काँग्रेसका महिला नेतृहरुले महासमितिले स्पष्ट पार्न नसकेको महिला समितिको विषय केन्द्रिय समितिको बैठकमा प्रमुख एजेण्डाको साथ उठाउने बताएका छन् । कार्यक्रममा बोल्दै काँग्रेस नेतृ कान्तिका सेजुवालले महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका र पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिए पनि महाधिवेशनमा प्रश्तुत प्रतिवेदनमा महिलाका लागि थप उर्जाशिल हुने कार्यक्रम नीति आउन नसकेको बताउनु भयो । उहाँले सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला, दलित, पछाडि पारिएका वर्गहरुका हितका लागि संविधानमा सुनिश्चित भएका, हाम्रो पार्टीको विधानमा सुनिश्चित भएका कुराहरु समेटिएको छ तर त्यस भन्दा थप उर्जाशिल हुने कार्यक्रम नीति आउन सकेनन् । सर्वसहमतिले पारित भएको कुरालाई फेरि परिमार्जित गरेर केन्द्रिय कमिटीले मूर्त रुप दिनेछ ।’

त्यस्तै काँग्रेस नेतृ पुष्पा भुसालले नेपाली काँग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले सामाजिक, आर्थिक, राजनीतिक रुपमाबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्ने बताउनु भयो । उहाँले महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने भएपनि हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले महिला सम्बन्धी विषयवस्तुमा, महिलाको सामाजिक न्यायका कुरामा, सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणका विषयमा काँग्रेसले महिला नीतिलाई स्पष्ट रुपमा आफ्नो दृष्टिकोण बनाउनुपर्छ । महिला नीति बन्नुपर्छ भन्ने माग राखेका थियौँ । सामाजिक, आर्थिक, राजनीतिक रुपबाट पछि रहेका महिलाको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गराउनुपर्छ । महिलाको परिवर्तनका मुद्दाहरुलाई, राजनीतिक विषयलाई महिला नीति भनेर नै समावेश गर्नुपर्ने थियो, समावेश भएन ।’

काँग्रेस नेतृ सरस्वती अर्यालले महिलाको मुद्दामा, घर, समाज, देशसम्म हरेक ठाउँमा महिलाको पहुँच नपुगेको आवाज उठेपनि सम्बोधन नभएको गुनासो गर्नुभयो । उहाँले पार्टीको पदाधिकारीमा महिलाको पहुँच नपुगेको बताउनु भयो । उहाँले महिलालाई चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्ने र महिला महिलाबीचमा लड्ने क्षेत्र तयार गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आवाज त प्रत्येक पटक महिलाको मुद्दामा, घर, समाज, देशसम्म हरेक ठाउँमा महिलाको पहुँच पुगेन, पार्टीको पदाधिकारीमा महिलाको पहुँच पुगेन । हरेक संरचनामा महिला हुनुपर्छ । महिलालाई चुनाव लड्ने कुरामा एउटा क्षेत्र तोकिनुपर्छ । महिला महिलाबीचमा लड्ने क्षेत्र तयार हुनुपर्छ ।’

त्यस्तै काँग्रेस नेतृ रंगमति शाहीले काँग्रेसको नेतृत्वमा महिलाको उपस्थिति कम रहेको बताउनु भयो । उहाँले महिलाका अधिकार सुनिश्चित गर्न छुट्टै महिला नीति बनाएर अघि बढ्नुपर्ने आवाज उठेको भएपनि नीति बनेर नआएको बताउनु भयो । उाहाँले अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माथिल्लो तहमा महिलाको उपस्थिति रहेन । आवाज नउठेको होइन, महिलाले सशक्त आवाज उठाउनुभएको थियो । वडादेखि काँग्रेस केन्द्रिय तहसम्म प्रमुख पदमा अनिवार्य महिला भनेर जुन आवाज उठाइएको थियो । अब प्रत्यक्षमा पनि ३३ प्रतिशत अधिकार दिनुपर्छ भन्ने माग गरेका छाँै । सशक्त रुपमा आवाज उठेपनि नीति बनेर आएन । सातै प्रदेशमा नेतृत्व पुरुषको छ, त्यसले पनि आवाज कम भयो ।’

काँग्रेस नेतृ विष्णु परियारले महिलाका अधिकारलाई पार्टीले गम्भीर रुपमा लिन जरुरी रहेको बताउनु भयो । उहाँले काँग्रेस अहिले परिस्थितिले बिग्रिएको टिप्पणी गर्नुभयो । उहाँले मञ्चमा पनि काँग्रेसमा महिलाको उपस्थिति न्युन हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलालाई पार्टीले गम्भीर रुपमा लिएर अगाडि लैजानुपर्छ । काँग्रेस अहिले परिस्थितिले बिग्रियो । मञ्चमा पनि न्युन उपस्थिति महिलाको छ । अहिलेको काँग्रेस सुकिलामुकिला, धनी, धनाढ्यको भयो । महिलालाई जबसम्म अघि ल्याउन सक्दैन तबसम्म सही काँग्रेस बन्न सक्दैन ।’

उहाँले काँग्रेस पार्टी अहिले सुकिलामुकिला, धनी, धनाढ्यको पार्टी बनेको आरोप लगाउनु भयो । उहाँले काँग्रेसले महिलालाई अगाडि नलगेसम्म काँग्रेस सही बन्न नसक्ने जिकिर गर्नुभयो । फागुन १० गते गोदावरीमा सकिएको काँग्रेस महासमिति बैठकमा महिलाका हक, अधिकारबारे आंशिक छलफल भएपनि नीतिमा नसमेटिएकोप्रति काँग्रेस नेतृहरुले असन्तुष्टि व्यक्त गरेका हुन् र उनीहरुले पार्टीको केन्द्रिय कार्यसमितिमा प्रश्तुन हुने प्रतिवेदनले महिलाको अधिकारलाई सशक्त हुनेगरी सम्बोधन गर्नुपर्ने माग राखेका छन् ।