२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्र शाहीलाई माधव सापकोटाको जवाफ: संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जानुस्



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसद चल्न नदिने भए राजीनामा दिएर सडकमा जान भनेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने भनेपछि सापकोटाले प्रतिवाद गर्दै संसद चल्न नदिने भए राजीनामा गरेर सडकमा जान भनेका हुन् ।

उनले भने, ‘भर्खर माननीय ज्ञानेन्द्र शाहीले भन्नुभयो, संसद चल्दैन, नचलाउनुस् केही छैन । संसद बन्द गर्न, अराजकता प्रदर्शन गर्न, हुलहुज्जत गर्न, मनलागि गर्न जनताबाट निर्वाचित भएर आएको हो ? तपाईँहरु शासन व्यवस्थाको कुरा पनि गर्नुहुन्छ, तपाईँहरुलाई यो शासन व्यवस्था गलत छ भन्ने लाग्दछ भने सांसदको पदबाट राजीनामा गरेर सडकमा जानुस् ।’