१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती

राप्रपा नेपालले चैत १ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने

राप्रपा नेपालले चैत १ गते काठमाडौंमा वृहत जनप्रदर्शन गर्ने
अ अ+ अ-

काठमाडौं । राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । भ्रष्ट व्यवस्थाको अन्त्य गर्न, हिन्दुराष्ट्र र राजासंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न,

भ्रष्टहरुलाई कानुनको कठघरामा उभ्याउन, मिटरव्याज,लघुवित्त र सहकारी पिडितको समस्या समाधान गर्न जनआन्दोलनको तयारी गर्ने राप्रपा नेपालले निर्णय गरेको हो । आज काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कमल थापाले एक्ला-एक्लै गरिने आन्दोलन निर्णायक हुन नसक्ने भन्दै संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानुपर्नेमा बिशेष जोड दिए । थापाले आन्दोलनलाई निष्कर्षमा पुर्याउन बृहत् राष्ट्रबादी मोर्चा निर्माण गर्नुपर्ने आबश्यक भएको भन्दै मोर्चा निर्माण गर्न राप्रपा नेपाल इमानदारीपुर्बक निरन्तर प्रयासरत रहेको समेत बताए ।

आन्दोलन औपचारिकता र कर्मकाण्डीमा सिमित नभई योजनाबद्ध र निरन्तर जारी रहने निर्णायक आन्दोलन आजको आबश्यकता भएको थापाको भनाई थियो । बैठकमा उपत्यका भित्रका नगर ,क्षेत्र, जिल्ला अध्यक्षहरु तथा केन्द्रीय पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो । जनप्रदर्शनको क्रममा उपत्यका भित्रमा क्षेत्रीय भेला, कोणसभाहरु गर्ने समेत निर्णय भएको छ ।