१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिमा निर्धारण गर्नुपर्छ: शेरबहादुर देउवा-पूर्णपाठ सहित

भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिमा निर्धारण गर्नुपर्छ: शेरबहादुर देउवा-पूर्णपाठ सहित
ललितपुर, ७ फागुन : सभापति देउवा-उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको सोमबारदेखि ललितपुरको गोदावरी स्थित सनराइज सभाहलमा सुरुभएको महासमिति बैठकको उद्घाटन गर्नुहुँदै । तस्बिर : किरणराज विष्ट/रासस
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको बताउनु भएको छ ।

आजबाट सुरु भएको पार्टीको महासमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै एक पार्टीले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन गर्नुपर्ने अबस्था आएको बताउनु भयो ।

उहाँले गठबन्धनको निरन्तरता राजनीतिक जिम्मेवारी भएको उल्लेख गर्दे भविष्यमा गठबन्धन गर्ने वा नगर्ने भन्ने कुरा तत्कालीन परिस्थितिले निर्धारण गर्नुपर्ने भएकाले त्यही बेलामा निर्णय गर्दा उचित हुने बताउनु भयो । देउवाले पार्टीका सैद्धान्तिक मान्यता नीति र कार्यक्रम लोकतान्त्रिक मान्यताबाट निर्देशित हुने बताउनु भयो ।

उहाँले भन्नुभयो ‘संविधानको कार्यान्वयन र रक्षा आजको मुख्य एजेण्डा हुन् । यो हाम्रो दायित्व पनि हो । संविधानको उचित कार्यान्वयनले देशमा शान्ति, सुशासन र विकास ल्याउन सकिन्छ । संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व हुन्छ ।’

देउवाले शासकीय स्वरुपमा मूलभूत विषयलाई प्रभाव नपार्ने गरी संविधान संशोधनबारे छलफल गर्नुपर्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो ‘संविधान जारी भएको ८ वर्ष भइसकेको छ । संविधान कार्यान्वयनका क्रममा देखारेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान भएको छ’, संविधान गतिशील दस्तावेज र यसको दीर्घजीवनका लागि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यम रहेको भन्दै उनले भने, ‘संविधानले व्यवस्था गरेको शासकीय स्वरुपको मुलभूत विषयमा प्रतिकुल प्रभाव नहुने गरी संविधान संशोधनमा छलफल गर्नु पर्दैछ ।’

उहाँले आगामी निर्वाचनमा तीनै तहको सरकारमा बहुमत ल्याउनेगरी लाग्न उनले आह्वानसमेत गर्नुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमितिको बैठक उद्घाटनमा प्रस्तुत गर्नु भएको मन्तव्यको पूर्णपाठ

नेपालको इतिहासमा अविस्मरणीय दिनका रुपमा रहेको आज फागुन ७ गतेको अवसर पारेर नेपाली कांग्रेसले महासमिति बैठक शुभारम्भ गरी रहेको छ । म यस महासमिति बैठकमा सबै साथीहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु ।

देशमा लोकतन्त्र स्थापना र संरक्षणका लागि आफ्नो जीवन अर्पण गर्नु हुने सबै प्रात: स्मरणीय शहिदहरुमा श्रद्धाञ्जली व्यक्त गर्दछु । नेपाली कांग्रेसको स्थापना गर्ने, पार्टीलाई मार्ग निर्देश गर्ने, वैचारिक र संगठनात्मक रुपले सवल बनाउँदै कांग्रसकै नेतृत्वमा देशमा ठूला ठूला परिवर्तनको अभियानलाई सार्थक तुल्याउने आदरणीय नेता वी.पी. कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । पार्टीमा निरन्तर रुपले क्रियाशिल रही लोकतन्त्र स्थापना, पुनस्र्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वश्वहरण लगायत तमाम दु:ख कष्ट व्यहोरेका र पार्टीलाई सुदृढ बनाउन दिनरात प्रयत्नशिल रहेका सबै नेता र साथीहरुको उच्च सम्मान गर्दै वहाँहरुको योगदान स्मरण गर्न चाहन्छु ।

साथीहरु,

हामी पार्टीको १४ औं महाअधिवेशन पछिको पहिलो महासमिति बैठक प्रारभ्म गरी रहेका छौं । पार्टीको १४ औं महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न पाइएन । पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णय अनुसार यो महासमिति बैठक बोलाइएको हो । यो बैठकमा विभिन्न दस्तावेज प्रस्तुत हुनेछन् । सबै सहभागी साथीहरुले ती विषयहरुमा राम्ररी अध्ययन गरी आफ्ना विचार राख्नु हुनेछ । साथीहरुका विचार, सुझाव र धारणा समेत समेटेर नीतिगत दस्तावेजहरु परिमार्जन गरी पारित गरिने छन् ।

साथीहरु,

नेपाली कांग्रेसले देशमा लोकतन्त्र स्थापना, पुनस्र्थापना र संरक्षणका लागि लामो संघर्ष गरेको इतिहास सबैमा विदितै छ । हाम्रो इतिहास लोकतन्त्रका लागि जनताको हक अधिकार र स्वतन्त्रताका लागि त्याग तपस्या र बलिदानका गाथाले भरिपूर्ण छ । मुलुकमा जहिले पनि संकट उत्पन्न भएका बेला नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ । लोकतान्त्रिक मूल्य मान्यतासँग कहिल्यै पनि सम्झौता नगर्ने नेपाली कांग्रेसको दृढताका कारणले नै यो पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक मात्र लोकतान्त्रिक पार्टीका रुपमा पहिचान बनाउन सफल भएको हो । लोकतान्त्रिक मूल्य मान्यता प्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटुट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको छ । लोकतन्त्रको स्थापना, पुनस्र्थापनाका लागि भएका श्रृंखलाबद्ध क्रान्ति, संघर्ष आन्दोलनदेखि दश वर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तरण गर्ने विषय होस् वा अन्तरिम संविधानदेखि वर्तमान संविधान निर्माण र संविधानको कार्यान्वयनको कार्यमा नेतृत्व प्रदान गरेका सबै काम नेपाली कांग्रेसको महत्वपूर्ण भूमिकाका उदाहरण हुन् । नेपाली कांग्रेस आफ्नो इतिहासमा गर्व गर्दै वर्तमान र भविष्यमा समेत जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नेछ । नेपाली कांग्रेसका सैद्धान्तिक मान्यता, नीति कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित हुनेछन् ।

साथीहरु,

नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको हो । संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ । यो शासकीय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुकुल छ । संविधानको रक्षा र सार्थक कार्यान्वयन आजका मुख्य एजेण्डा हुन् । नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ छ र यो हाम्रो दायित्व पनि हो । यसै संविधानको उचित कार्यान्वयले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । संविधान गतिशिल दस्तावेज हो । संविधानको दीर्घ जीवनका लागि संविधान माथि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक हुन्छ । संविधान जनताको आशा, भारोषा र मर्यादा गर्ने विषय बन्नु पर्दछ । संविधान जारी भएको आठ वर्ष भई सकेको छ । संविधान कार्यान्वयको मूल्याङ्कन गर्ने, कार्यान्वयनको क्रममा देखा परेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान गर्ने समय भएको छ । संविधानले व्यवस्था गरेको शासकीय स्वरुप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधानको संशोधन गर्न सकिने गरी अब छलफल प्रारम्भ गर्नु पर्दछ ।

साथीहरु,

अहिले हामी गठबन्धनको अभ्यासमा छौं । अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र बनेको होइन । केही समय पहिले प्रतिनिधि सभालाई असमयमा विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भए । संविधानको रक्षाका लागि नेपाली कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा तत्कालनै गठबन्धन बनेको हो । गत निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रुपमा लिएका छौं । महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यस विषयलाई उल्लेख गरेको छ ।

हामीले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं । मिश्रित निर्वाचन प्रणालीका गुण दोष दुवै छन् । यो प्रणालीले देशको सबै जातजाती र समुदायको उचित प्रतिनिधित्वलाई प्रात्याभूति गरेको छ । यो सकारात्मक पक्ष हो । तर यो निर्वाचन प्रणालीमा कुनै एक मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम हुन्छ । वर्तमान गठबन्धन हामी समेतको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ । आगामी दिनमा तीनै तहमा नेपाली कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लागौं । यसका लागि म पार्टीका सबै साथीहरुलाई अुनशासित, एकतावद्ध र क्रियाशिल भई पार्टी संगठन सुदृढ गर्ने काममा लाग्न आव्हान गर्दछु । भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीेले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्याङ्कन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ ।

साथीहरु,

हाम्रो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ । देशका सबै गाउँवस्ती सबै वर्ग समुदायमा बलियो संगठन छ । गत निर्वाचनमा संघ, प्रदेश र स्थानीय तीनै तहमा सबैभन्दा बढी जननिर्वाचित प्रतिनिधि हाम्रा छन् । नेपाली कांग्रेस नेपाली जनताको सबै भन्दा बढी आशा, भरोषा र विश्वास गरेको पार्टी हो । जनताको यो विश्वासलाई खण्डीत हुन दिनु हुँदैन । नेपाली कांग्रेसका साथीहरुले उच्च मनोवल र आत्मविश्वासको साथ राष्ट्रसेवामा समर्पित हुनु पर्दछ । हामीले शिर झुकाउनु पर्ने, मन सानो गर्नुपर्ने कुनै कारण छैन । नेपाली कांग्रेसको विधानमा समय सापेक्ष संशोधनको आवश्यकता छ । विधानले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको छ । पार्टीमा समानुपातिक प्रतिनिधित्व भएको छ । पार्टीलाई सांगठनिक रुपले थप सबल बनाउनका लागि विधानमा संशोधन बारे आवश्यक छलफल गर्न सकिन्छ ।

साथीहरु,

विश्वभरी नै आर्थिक मन्दीको अवस्था छ । कोभिड १९ को महामारी, अन्तर्राष्ट्रिय स्तरमा केही मुलुक बिच युद्ध वा अशान्तिका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव परेको छ । तथापी आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ । आर्थिक प्रतिकूलताका कारण चाहे जस्तो काम गर्न सकिएको छैन । जनतामा केही निराशा देखिएको छ । हामी प्रतिकूल अवस्थालाई अनुकुलतामा बदल्न सक्छौं । जनतामा नयाँ भरोषा र विश्वास जगाउन सकिन्छ । यसका सबै मिलेर काम गर्नु पर्दछ । जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य हुन सक्दैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी दृढ छौं । लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्दछ । हामीले विधिको शासन र सुशासनमा विषेश जोड दिनु पर्दछ ।

साथीहरु,

नेपाली कांग्रेसले सदैव सम्वाद, सहमति र सहकार्यको नीति अबलम्बन गरेको छ । देशमा विद्यमान राजनीतिक दलहरुमा प्रतिस्पर्धा हुनु स्वभाविक हो तर कतिपय हाम्रा साझा विषय छन् । देशको सर्वाभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रकृयाका बाँकी काम संक्रमणकालीन न्याय जस्ता विषयमा हाम्रा समान धारणा हुनु पर्दछ । यस निम्ती सम्वाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नु पर्दछ । पार्टी भित्र वा सबै पार्टी विचमा पनि निरन्तर सम्वाद र सहमतिको अभ्यास गर्नु पर्दछ ।

महासमितिको यो बैठकलाई देश भित्र र विदेशमा रहेका सबै नेपालीले उत्सुकतापूर्वक हेरी रहेका छन् । अन्तर्राष्ट्रिय जगतको पनि चासोको विषय बनेको छ । संचार जगतले महासमितिलाई निकै महत्व दिएका छन् । महासमितिको यो बैठक नेपाली कांग्रेसलाई थप सवल सुदृढ र एकताबद्ध बनाएर लैजान सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

धन्यवाद ।
जय नेपाल !