२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगीतरत्न तथा मेलोडी किङ बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’



अ+ अ-

काठमाडौं– संगीतरत्न तथा मेलोडी किङ एबं गीतकार, तथा गायक शम्भूजीत बासकोटालाई ‘साधना म्यूजिक रिवार्ड लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिने भएको छ ।

नेपालकै पहिलो रिवार्डको रुपमा स्थापित भएको ‘साधना म्यूजिक रिवार्ड–२०८०’ मा बासकोटालाई सम्मान गर्न लागिएको हो ।

आयोजक सामना म्यूजिक क्रिएसनकी अध्यक्ष सामना शाहले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपतिसमेत रहेका बासकोटालाई पाँच दशकदेखि नेपाली संगीतमा पुर्याएको योगदानको कदर गर्दै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्न लागिएको जानकारी दिनुभयो । आयोजकले यसअघि नै ‘साधना म्यूजिक रिवार्ड–२०८०’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिसकेको छ ।

यस पटकको रिवार्डमा लोकदोहोरीतर्फ लोकगीत, शब्द, लय, गायक, गायिका, पुरुष मोडल अभिनय र नृत्य, महिला मोडल अभिनय र नृत्य, आधुनिक पपतर्फ शब्द, संगीत, गायक, गायिका, मोडलमा पुरुष र महिला साथै अन्य विधामा भिडियो निर्देशक, छायाँकार, दृश्य सम्पादक, एरेन्जरका साथै राष्ट्रिय गीतमा पनि अवार्ड प्रदान गरिँदैछ ।

अवार्ड कार्यक्रम आगामी फागुन १५ गते काठमाडौंको गोङ्गबुस्थित बिजी ब्याङ्क्वेटमा गर्ने तयारी आयोजकको रहेको छ ।