२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठक ‘पञ्चकोट’मा बस्दै



अ+ अ-

ढोरपाटन (बागलुङ)। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले साेमबार पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीयस्थलको प्रवर्द्धनका लागि प्रदेशका विभिन्न ठाउँमा मन्त्रिपरिषद्को बैठक गर्ने योजनाअनुसार पञ्चकोटमा बैठक बस्न लागेको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।

“पञ्चकोटको पर्यटन प्रवद्र्धनमा मद्दत पुगोस् भन्ने सरकारको अपेक्षा छ, अब प्रदेशका मुख्य–मुख्य ठाउँमा मन्त्रिपरिषद्को बैठक बस्नुपर्छ भन्ने लागेको छ, हामीहरुले सबै धार्मिक तथा पर्यटकीय ठाउँहरुको विकास, प्रचारप्रसार गर्नुछ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । गण्डकी प्रदेशमा धार्मिक तथा पर्यटकीय गन्तव्य धेरै भएको र यी क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउनका लागि प्रदेश सरकार गम्भीर भइ लागेको उहाँको भनाइ छ ।

पञ्चकोटमा आगामी फागुन ९ देखि २३ गतेसम्म ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०’ पनि आयोजना हुँदैछ । मन्त्रिपरिषद्को बैठकपछि महायज्ञमा धेरैभन्दा धेरै भक्तजनहरु आउने विश्वास लिइएको मुख्यमन्त्री पाण्डे बताउनुभयो । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक पोखराभन्दा बाहिर पहिलो पटक बस्न लागेको हो । पञ्चकोटका संस्थापक समेत रहनुभएका अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको परिकल्पना र आह्वानमा नेपालमा पहिलो पटक यो महायज्ञ हुन लागेको हो । (रासस)




भर्खरै