२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिस्केटका दुई वटा लिङ्गो ल्याइयो, योसिंद्यो डोजर र क्रेनले तानियो



अ+ अ-

भक्तपुर ।  भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि प्रयोग हुने ५५ हात लामो लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजर र क्रेनले तानेर भक्तपुर नगरपालिकास्थित भेलुखेलस्थित योसिंखेलमा ल्याइएको छ ।

तान्त्रिक विधिअनुरुप भक्तपुरमा नौ दिन आठरातसम्म सञ्चालन हुने बिस्केट जात्रामा चैत अन्तिम दिन ५५ हात लामो योसिंद्यो अर्थात् लिङ्गो उठाइन्छ भने त्यसको भोलिपल्ट अर्थात् १ वैशाखमा उक्त लिङ्गो ढालेर भव्यरुपमा जात्रा मनाउने परम्परा  छ ।

उक्त जात्रामा काशी भैरवनाथको प्रतीक मानिने योसिंद्यो तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी अष्टमातृकाको प्रतीक आठ वटा डोरीले तानेर उभ्याइने गरिन्छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्ष आगमनको पूर्वसन्ध्यामा उठाउने उक्त लिङ्गोकोे टुप्पोमा नाग र नागिनीको चिह्न मानिने ‘हलिङपत’रहेको हुन्छ भने लिङ्गो उभ्याउने क्रममा भैरवनाथ र भद्रकाली रथको उपस्थिति गराइन्छ ।

सल्लाघारीमा तान्त्रिक विधिअनुसार पूजाअर्चना गरी बोका र हाँस बलि दिएर सल्लाघारी वनको करिब ५५ हात लामो, नाङ्लो जत्रो गोलाइको लिङ्गो काटेर मानिसको हातले तानेर ल्याउने मल्लकालीन परम्परा अहिले तोडिएको छ ।

आगामी चैत २७ गतेदेखि सुरु हुने बिस्केट जात्राका लागि अत्यावश्यक लिङ्गो डोरी लगाएर हातले तान्ने परम्परा जनशक्ति अभाव भएको भन्दै गुठी संस्थानले डोजर र क्रेनको सहयोगमा तानेर ल्याइएको हो ।

डोजर र क्रेन प्रयोग गरेर योसिंद्यो ल्याएको भन्दै भक्तपुरका संस्कृतकर्मी सम्पूर्ण जोशीले ऐतिहासि, सांस्कृतिक, धार्मिक महत्वको परम्परागत जात्रामा आधुनिकताका नाममा क्रेन र डोजर ल्याउनु गलत भएको टिप्पणी गर्नुभयो । “हजारौँ मानिसले तान्दै आएको भैरवनाथको रथ ९भैलख० पनि डोजरले तान्ने त अब रु” उहाँले प्रश्न गर्नुभयो ।

टौमढी युथ क्लबका पूर्वअध्यक्ष एवं समाजसेवी विजयप्रसाद धौभडेलले  डोरीले लिङ्गो तानेर ल्याउने परम्परा अहिले डोजर र क्रेनले तानेर ल्याउने परम्परा सुरु गर्नु विडम्बना भएको बताउनुभयो ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायकका प्रमुख खिमा वलीले गत वर्ष लिङ्गो ल्याउन करिब तीन लाखभन्दा बढीको ठेक्का लगाएर ल्याएकोमा यस वर्ष भने दाता शिवराम सुवालले सबै खर्च आफैँले व्यहोरिदिएकाले सरकारको बजेट वचत भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष लिङ्गो ल्याउन बोलपत्र आह्वान गर्नु परेन, राज्यकोषको रकम  बचत भएको छ, दाता शिवराम सुवालले दुई वटा लिङ्गो ल्याउने खर्च व्यहोरिदिनुभएको छ । गुठी संस्थानबाट पूजाका लागि दुई वटा बोका, एउटा हाँस र पूजाका लागि रु आठ हजार मात्रै खर्च गरेका छौँ ।”

उहाँले विगत तीन वर्ष अगाडिदेखि नै डोजर र क्रेनले लिङ्गो तान्न थालिएको बताउँदै खोलाबाट ल्याउन नसकिने, सडकबाट तान्दा मानिसको अभाव हुने र समय बढी लाग्ने, सडक जाम हुने हुँदा क्रेनले तानेर ल्याउदा सजिलो हुने भएकाले यसो गरिएको हुनसक्ने बताउनुभयो । रासस