११ असार २०८३, बिहीबार
,
Latest
कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बजेट २०२२ : आगामी वर्ष आर्थिक वृद्धिदर ९.२७ प्रतिशत हुने अपेक्षा



अ+ अ-

नयाँ दिल्ली । भारतका वित्तमन्त्री निर्मला सीतारमणले केन्द्रीय बजेट प्रस्तुत गर्दै आगामी वर्ष देशको आर्थिक वृद्धिदर ९.२७ प्रतिशत हुने अपेक्षा गरिएको बताउनुभयो।

विकासका चार स्तम्भबारे प्रकाश पार्दै मन्त्री सीतारमणले  समावेशी विकास, उत्पादकत्व वृद्धि, ऊर्जा सङ्क्रमण र जलवायु कार्यबाट बजेटले भारतको अर्थतन्त्र ७५ बाट १०० को खाका दिने बताउनुभयो । 

बजेटले आर्थिक वर्ष २०२२/२३ मा केन्द्र सरकारको प्रभावकारी पूँजीगत खर्च १०.६८ लाख करोड (भारु)अनुमान गरेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको करिब ४.१ प्रतिशत हो। जनवरी २०२२ का लागि कुल वस्तु एवं सेवा कर सङ्कलन रु एक लाख ४० हजार ९८६ करोड रहेको मन्त्रीको भनाइ थियो । यो कर सन् २०१७ मा सुरु भएपछि सबैभन्दा उच्च हो । 

डिजिटल मुद्राका लागि ठूलो धक्काका रुपमा सीतारामणले आर्थिक वर्ष २०२२/२३ देखि भारतीइ रिजर्व बैंकद्वारा ब्लकचेन प्रविधि प्रयोग गरेर डिजिटल रुपैयाँ जारी गरिने बताउनुभयो । यसले अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कुनै पनि भर्चुअल डिजिटल सम्पत्तिको स्थानान्तरणबाट हुने आम्दानीमा ३० प्रतिशतको दरले कर लाग्नेछ ।