७ पुष २०८२, सोमबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा बजेट २०२२ : आगामी वर्ष आर्थिक वृद्धिदर ९.२७ प्रतिशत हुने अपेक्षा



अ+ अ-

नयाँ दिल्ली । भारतका वित्तमन्त्री निर्मला सीतारमणले केन्द्रीय बजेट प्रस्तुत गर्दै आगामी वर्ष देशको आर्थिक वृद्धिदर ९.२७ प्रतिशत हुने अपेक्षा गरिएको बताउनुभयो।

विकासका चार स्तम्भबारे प्रकाश पार्दै मन्त्री सीतारमणले  समावेशी विकास, उत्पादकत्व वृद्धि, ऊर्जा सङ्क्रमण र जलवायु कार्यबाट बजेटले भारतको अर्थतन्त्र ७५ बाट १०० को खाका दिने बताउनुभयो । 

बजेटले आर्थिक वर्ष २०२२/२३ मा केन्द्र सरकारको प्रभावकारी पूँजीगत खर्च १०.६८ लाख करोड (भारु)अनुमान गरेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको करिब ४.१ प्रतिशत हो। जनवरी २०२२ का लागि कुल वस्तु एवं सेवा कर सङ्कलन रु एक लाख ४० हजार ९८६ करोड रहेको मन्त्रीको भनाइ थियो । यो कर सन् २०१७ मा सुरु भएपछि सबैभन्दा उच्च हो । 

डिजिटल मुद्राका लागि ठूलो धक्काका रुपमा सीतारामणले आर्थिक वर्ष २०२२/२३ देखि भारतीइ रिजर्व बैंकद्वारा ब्लकचेन प्रविधि प्रयोग गरेर डिजिटल रुपैयाँ जारी गरिने बताउनुभयो । यसले अर्थतन्त्रमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कुनै पनि भर्चुअल डिजिटल सम्पत्तिको स्थानान्तरणबाट हुने आम्दानीमा ३० प्रतिशतको दरले कर लाग्नेछ ।