२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलआईसी नेपालको एजीएम सम्पन्न, १०.५३ प्रतिशत लाभांश पारित



अ+ अ-

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) को १८औं वार्षिक साधारण सभा (एजीएम) आज सम्पन्न भएको छ । साधारण सभाले आव २०७५/७६ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश पारित गरेको हो । 

लाभांश पारित अन्तर्गत १० प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश पारित भएको छ । आव २०७५/७६ मा कम्पनीले १,८९,३२० नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमा शुल्क आम्दानी बापत रु. ४२२.८३ करोड संकलन गर्न सफल भएको थियो । 

२०७६ आषाढ मसान्तसम्ममा यस कम्पनीमा सक्रिय बीमालेखहरुको संख्या ७,३५,७४५ र कूल जीवन बीमा कोषमा रु. ५३८७.७३ करोड संकलन भएको छ । आव २०७५/७६ मा कम्पनीको कूल जीवन बीमा कोषमा २७.४८ प्रतिशत, प्रथम बीमा शूल्क आर्जनमा ४६.३६ प्रतिशत, बीमालेख संख्यामा ४२.०९ प्रतिशत, लगानीतर्फ २३.६५ प्रतिशत र लगानीबाट प्राप्त आम्दानीमा २१.९२ प्रतिशतको बृद्धिदर रहेको थियो । 

उक्त साधारण सभाले सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने एकजना पब्लिक डाइरेक्टरमा श्रीमती कोमल अग्रवाललाई निर्विरोध चयन गरेको छ । यस सभामा अन्य संचालकहरु मुकेशकुमार गुप्ता, अशोककुमार अग्रवाल, कुमारकेशर विष्ट, भिके कुक्रेजा र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद (एलपी) दासको उपस्थित रहेको थियो । 

कम्पनीका अध्यक्ष एमआर कुमारले एलआईसी नेपालको १९औं (आव २०७६/७७० वार्षिक साधारण सभा पनि चाँडो सम्पन्न गरिने बताउँनु भयो । साथै आव २०७६/७७ मा कोभिड १९ महामारीले व्यवसायमा असर गरेको बताउनुभयो। 

चालु आव २०७७/७८ को दोस्रो त्रैमासभित्र कम्पनीले राम्रो गरिरहेको बताउदै प्रथम बीमा शुल्क आर्जनमा २०.२४ प्रतिशतको बृद्धिदरका साथ कूल बीमा शुल्क आर्जन रु. ९६१.१८ करोड आर्जन गरेको र कम्पनीको कूल जीवन बीमा कोषमा रु. ७,४२४.४९ जम्मा गर्न सफल भएको समेत जानकारी गराउनुभयो ।