७ पुष २०८२, सोमबार
,
Latest
विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिक पठाउन कतारसँग जीटुजी सम्झौता भए कडा प्रतिकारमा उत्रने चेतावनी



अ+ अ-

काठमाडौं । नेपाल वैदेशिक रोजगार सङ्घले कतारमा श्रमिक पठाउने विषयमा सरकारी तहमै श्रमिक आदानप्रदान (जीटुजी) सम्झौता भएमा कडा प्रतिकार गर्ने बताएका छन् । वैदेशिक रोजगार व्यवसायीले वर्षौंदेखि करोडौँ लगानी गरेको क्षेत्रमा सरकारले सरकारी तहमै श्रमिक आदानप्रदानको सम्झौता गरेमा आफूूहरूलाई मान्य नुहुने बताएका छन् ।

सङ्घले मङ्गलबार विज्ञप्तिमार्फत श्रममन्त्री गौरीशङ्कर चौधरीले गएको आइतबार कतारसँग सम्झौताको विषय भनेको भनाइप्रति आपत्ति जनाएको हो । सङ्घले सरकारले व्यवसाय गर्ने वातावरण बनाई दिनुपर्नेमा उल्टै आफैँ व्यवसाय गर्न खोज्नु खेदजनक भएको जनाएको छ ।

सरकारले दक्षिण कोरिया, इजरायललगायतका मुलुकमा श्रमिक पठाउँदा लाखौँ शुल्क लिने तर व्यवसायीलाई शून्य लागतमा श्रमिक पठाउनुपर्छ भन्ने गरेको भन्दै सङ्घले कतारसँग जीटुजी सहमति भएमा सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।