२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

लालझाडीमा आधुनिक उद्यान निर्माण हुने

लालझाडीमा आधुनिक उद्यान निर्माण हुने
अ अ+ अ-

कञ्चनपुर । लालझाडी गाउँपालिका–१ सुख्खडघाटमा रु पाँच करोडको लागतमा आकर्षक उद्यान निर्माण शुरुआत गरिएको छ  । यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार समेत भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको हो । यसका लागि मन्त्रालयले रु तीन करोड ३० लाख र गाउँपालिकाले रु एक करोड ५० लाखको लागत साझेदारीमा पर्यटकीय गन्तव्य पूर्वाधार कार्यक्रमअन्तर्गत उद्यान निर्माण  अगाडि बढेको हो । 

उद्यान निर्माण हुने स्थानको छनोट गरी गाउँपालिकाले पर्खाल लगाउन शुरुआत गरेको छ । उद्यानमा पानीका फोहरा, फूलका क्यारी, फुटपाथ, झुला, सेल्फी प्वाइन्ट, विश्रामस्थल, विभिन्न वस्तुका आकृति, शौचालय, क्यान्टिन, टिकट काउन्टर, चौकीदार घरसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि उद्यानलाई आकर्षक ढङ्गले सजाउने काम गरिने गाउँपालिका अध्यक्ष मदनसेन वडायकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उद्यानमा सौर्यबत्तीको व्यवस्थासँगै रङ्गीबिरङ्गी बत्तीसमेत जडान गरिने छन् । उद्यानलाई आधुनिक तरिकाले निर्माण गरिने छ । एकैपटक धेरै पर्यटकलाई दृश्यावलोकन गराउन सकिने गरी उद्यान निर्माण हुने बताइएको छ । “उद्यान निर्माण गर्दा जैविक विविधतासँगै राना थारू समुदायको संस्कृतिलाई समेत ध्यान दिइनेछ”, उहाँले भन्नुभयो, “जसबाट यस क्षेत्रको मौलिकता पस्किन सकियोस् ।”

निर्माण हुने उद्यानलाई जिल्लाकै नमूनाका रूपमा बनाइने उहाँले जानकारी दिनुभयो । “उद्यान निर्माणपछि आन्तरिक पर्यटक पुग्छन् नै”, अध्यक्ष बडायकले भन्नुभयो, “बाह्य पर्यटकलाई समेत यहाँसम्म पुर्‍याई गाउँपालिकाको आन्तरिक आम्दानी बढाउनसमेत सघाउ पुग्छ ।”

उद्यान क्षेत्रसँगै जोडिएको लालझाडी संरक्षण क्षेत्रको दृश्यसमेत पर्यटकले नियाल्न पाउनेछन् । उद्यान क्षेत्रमा पुग्नका लागि कालोपत्र सडक निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाउने योजना गाउँपालिकाले अघि सारेको छ । उद्यान झण्डै १० बिघा क्षेत्रफलमा निर्माण हुनेछ । रासस